cURL Error: 0 पतञ्जली बिस्कुट भित्र ब्राउन सुगर-मेची पुलबाट नेम्बाङ र राई पक्राउ - पूर्व खबर

पतञ्जली बिस्कुट भित्र ब्राउन सुगर-मेची पुलबाट नेम्बाङ र राई पक्राउ

पतञ्जलि बिस्कुटभित्र ब्राउन सुगर भेटिएपछि काकरभिट्टामा दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाले पतञ्जली विस्कुटको प्याकेटभित्र लुकाएर ल्याइएको ब्राउनसुगरसहित पुरानो मेचीपुलबाट दुई जना युवा युवतीलाई पक्राउ गरेको हो ।

गएराति भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा काँकरभिट्टातर्फ आउँदै गरेका दुई जना युवायुवतीलाई लागुऔषधसहित पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं. ४ रवि बस्ने ३१ वर्षीय दिलप्रसाद राई र सोही पालिकाको वडा नं. ५ स्थाई ठेगाना भई हाल दमक २ हिमालय टोलमा डेरा गरी बस्ने २९ वर्षीया स्मारिका नेम्बाङ रहेका छन् ।

प्रहरीका अनुसार प्लाष्टिकबाहेक ४ ग्राम ब्राउनसुगरसहित दुवैलाई आवश्यक कारवाहीको लागि काँकरभिट्टामा राखिएको छ । उनीहरुलाई लागू औषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट प्रनानि कुमार सोमेश लामिछानेको कमाण्डमा खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *