cURL Error: 0 प्रेस युनियनको दोमुखामा बनभोजसहित बार्षिक साधारणसभा सम्पन्न - पूर्व खबर

प्रेस युनियनको दोमुखामा बनभोजसहित बार्षिक साधारणसभा सम्पन्न

नेपाल प्रेस युनियन झापाले बार्षिक साधारण सभा सम्पन्न गरेको छ । प्रेस युनियनले आज (शनिवार) झापाको पर्यटकीय क्षेत्र दोमुखामा बनभोजसहित बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

नेपाल प्रेस युनियन झापाका सभापति गिरीराज भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि थापा, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, कांग्रेस उपसभापति केशवराज पाण्डे, सचिव नबिन बिमली, प्रेस युनयिनका केन्द्रिय महासचिव दिलिप पौडेल, प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रमकाबिच नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र झापा जिल्लामा बिभिन्न पदमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मानसमेत गरिएको थियो । साथै प्रेस युनियनमा प्रवेश गर्ने चार जनालाई स्वागत गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुव्रत न्पौपाने, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गद्धाल, समाजबादी प्रेस संगठन झापाका अध्यक्ष शम्भूजित दाहाल, महासंघका पूर्व अध्यक्षहरु, पत्रकार महासंघका सदस्यहरुलगायतको बाक्लो उपस्थिति रहेको थियो । स्वागत नेपाल प्रेस युनियन झापाका सदस्य देबेन्द्र प्रसाईले गरेको कार्यक्रमको सञ्चालन प्रेस युनियन झापाका सचिव अर्जुन राजवंशीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *