बिर्ता लेडि जेसिसले गर्यो लोम अफिसर्स ट्रेनिङ सुरु

बिर्तामोड झापा।
झापाको बिर्तामोडमा प्रि इन्डक्सन एण्ड लोम अफिसर्स ट्रेनिङ सुरु भएको छ।
बिर्ता लेडि जेसिसले झापाको बिर्तामोडमा आज शनिबारबाट ट्रेनिङ सुरु गरेको हो।
बिर्ता लेडी केसिस कि अध्यक्ष निशा शाक्यको अगुवाइमा तथा निवर्तमान अध्यक्ष मेनुका ओलीको सहजीकरणमा तालिम सुरु गरिएको हो।
नेपाल जेसिसका पूर्व राष्ट्रिय उपाध्यक्ष शिव अग्रवालको प्रमुख सहभागितामा गरिएको औपचारिक कार्यक्रममा पूर्व अध्यक्ष हरू संगीता गिरी नेपाल महिला उद्यमशील झापाका अध्यक्ष पार्वता बिमली खरेल लगायतले उद्घाटन समारोहमा जेसिसले गरेको यस्ता कार्यक्रमले व्यवसायिकता तथा क्षमता विकासमा प्रभाव पार्ने शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा संयोजक वीरता लेडी जेसीजका कोषाध्यक्ष कविता ओलि संयोजक रहि स्वागत गर्दै बिर्ता जेसिस र बिर्ता लेडी जेसिसले बिर्तामोडमा रहेका उद्यमी युवा व्यवसायीहरुलाई समेत विभिन्न किसिमको तालिम दिएर आत्मनिर्भरता बनाउन सजीकरण गरेको जानकारी दिइन्।
बिर्ता लेडि जेसिसकी सह-सचिव दिक्षा कडरियाले आस्था र जन सम्पर्क अधिकारी पारु श्रेष्ठले मिसन भिजन वाचन गरेको कार्यक्रममा ट्रेनिङ गर्नुपर्ने उद्देश्यमाथि निवर्तमान अध्यक्ष मेनुका ओली, सहजीकरण गरेकी थिइन भने कार्यक्रम संचालन महासचिव प्रभा रायमाझीले सञ्चालन गरेको आयोजकले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *