प्रेस चौतारी नेपाल ओखलढुङ्गाको अध्यक्षमा प्रवीण मुनाल सर्वसम्मत

काठमाडौं-प्रेस चौतारी नेपाल ओखलढुङ्गाको अध्यक्षमा प्रवीण मुनाल सर्वसम्मत चयन हुनुभएको छ।
शुक्रबार सम्पन्न पाचौँ जिल्ला अधिवेशनले अध्यक्षमा मुनाललाई सर्वसम्मत चयन गरेको हो।

यस्तै उपाध्यक्षमा यामुलाल ढकाल निर्वाचित हुनुभएको छ। त्यस्तै महिला उपाध्यक्षमा देवीका राई निर्वाचित हुनुभएको छ।
अधिवेशनले सचिवमा कृष्णजीत राई चुनिँदा सहसचिवमा लक्ष्मी बानिया निर्वाचित हुनुभएको छ। कोषाध्यक्षमा राधा बानिया सर्वसम्मत हुनुभएको छ।

सदस्यहरूमा क्रमशः उद्धवराज राई, सजिना राई, रसिलामाया राई, पासाङ तामाङ र सागर उपकार निर्वाचित हुनुभएको छ।
केन्द्रीय प्रतिनिधिमा ईश्वर तामाङ निर्वाचित हुनुभएको छ भने प्रदेश प्रतिनिधिमा रविन श्रेष्ठ र सरस्वती बानिया चुनिनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *