cURL Error: 0 तराई- मधेस द्रुत मार्ग आयोजनाबारे नेपाली सेनाले गर्यो प्रधानमन्त्रीलाई ब्रिफिङ - पूर्व खबर

तराई- मधेस द्रुत मार्ग आयोजनाबारे नेपाली सेनाले गर्यो प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौँ–तराई- मधेस द्रुत मार्ग आयोजनाबारे नेपाली सेनाले गर्यो प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या र समाधानका उपायबारे आज ब्रिफिङ लिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितमा आयोजनाबारे छलफल भएको थियो।

छलफलमा नेपाली सेनाका तर्फबाट आयोजनाको सुरु विन्दू खोकनामा जग्गा अधिग्रहणका लागि लामो समयदेखि रहेको समस्या, आयोजना क्षेत्रमा पर्ने रुख कटानमा ढिलाइ आदिबारे अवगत गराइएको थियो।

प्रधानमन्त्री ओलीले सोच विचार गरेरै नेपाली सेनालाई आयोजनाको जिम्मेवारी दिइएकाले गुणस्तरीयरुपमा काम हुने विश्वास व्यक्त गर्दै उत्पन्न समस्याबारे सम्बन्धित मन्त्रालयले खोकना क्षेत्रको समस्या थप बुझेर समाधानको प्रस्ताव ल्याउन आग्रह गरे।

कूल ७० दशमलव ९७ किलोमिटर दूरीको दुई खर्ब ११ अर्ब ९३ करोड रुपैया लागतको सो सडक आयोजना विसं. २०७४ मा सुरु भएको हो। आयोजनाको संशोधित अवधि २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य रहेको छ।

आयोजनाको हालसम्मको समष्टीगत भौतिक प्रगति ३७ दशमलव ६ र वित्तीय प्रगति ३९ दशमलव ७४ रहेको जंगी अडडले जनाएको छ।onlinebatasavar

Leave a Reply

Your email address will not be published. Required fields are marked *