cURL Error: 0 तेजेन्द्र तामाङको नेतृत्वमा निजामती कर्मचारी संगठन बिर्तामोडको नयाँ समिति सर्वसम्मत चयन - पूर्व खबर

तेजेन्द्र तामाङको नेतृत्वमा निजामती कर्मचारी संगठन बिर्तामोडको नयाँ समिति सर्वसम्मत चयन

 

बिर्तामोड, २ जेठ – नेपाल निजामती कर्मचारी संगठन बिर्तामोडको दोस्रो नगर अधिवेशनले तेजेन्द्र तामाङको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। अधिवेशन शुक्रबार बिर्तामोड नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो।

नयाँ अध्यक्ष तेजेन्द्र तामाङ हाल बिर्तामोड नगरपालिकाको लेखा शाखा प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ। उहाँको नेतृत्वमा चयन भएको समितिमा उपाध्यक्ष साजन राई, सचिव टिका अधिकारी, सह-सचिव रुपमान थलङ, कोषाध्यक्ष हिमा खनाल तथा सदस्यहरू अनु मोते, राजेन्द्र अधिकारी, सुजित शाह, गणेश तिम्सिना, पदमराज घिमिरे, दिपेश गणेश, जानुका बस्नेत र बद्री ढकाल रहेका छन्।

कार्यक्रमको उद्घाटन पेशागत महासंघ नेपालका राष्ट्रिय समिति सदस्य जय तिम्सिनाले व्यानर वाचन गरी गर्नुभयो। अधिवेशन नेपाल निजामती कर्मचारी संगठन बिर्तामोडका निवर्तमान अध्यक्ष मोहन सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय समितिका पूर्व उपाध्यक्ष देवराज कार्की, केन्द्रीय सदस्य वशिष्ठ अधिकारी, पेशागत महासंघ नेपाल झापाका अध्यक्ष तुलसी भण्डारी, केन्द्रीय सदस्य छबि ढकाललगायतको विशेष उपस्थिति रहेको थियो।

अधिवेशनमा बोल्ने वक्ताहरूले निजामती कर्मचारीको पेशागत गरिमा, अधिकार र हकहितका लागि संगठन अझ सशक्त रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए। नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिँदै उनीहरूले स्थानीय तहमा कर्मचारीहरूको भूमिका प्रभावकारी बनाउने दिशा तर्फ लाग्न आग्रह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *