माई र देउमाई खोलामा बाढीको खतरा : सतर्कता अपनाउन विभागको आग्रह

 

इलाम, साउन ४ । पूर्व खबर
इलाम जिल्लाको माई र देउमाई खोलामा शनिबार रातिदेखि पानीको बहाव तीव्र बनेपछि बाढीको खतरा बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले नदी किनार र डुबान सम्भावित क्षेत्रमा रहेका नागरिकलाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले शनिबार राति ११:१५ बजे माई खोलाको चिसापानीस्थित जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले सम्भावित जोखिमको पूर्वतयारीका लागि सूचना जारी गरेको हो ।

त्यस्तै, देउमाई खोलाको आंगदांग जलमापन केन्द्रमा पनि शनिबार राति १०:४५ बजे सतर्कता तह पार भएको विभागले जनाएको छ । दुबै खोलामा जलसतह उच्च रहेको र लगातारको वर्षाका कारण बाढीको सम्भावना रहेकाले स्थानीयवासीलाई सचेत रहन आग्रह गरिएको छ ।

विभागका अनुसार पूर्वी नेपालमा भारी वर्षा सुरु भइसकेको र जलस्रोतमा बहाव बढ्ने क्रम जारी रहेकाले नदी तटीय बस्ती तथा होचो भूभागमा रहने बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त स्थानबाट सुरक्षित ठाउँमा बस्न समेत अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array