काठमाडौंमा शनिबार ‘बृहत् कोरिया शैक्षिक मेला–२०८२’ सम्पन्न

 राजकुमार ओली
कोरिया शैक्षिक परामर्श संघ (केक्यान) को आयोजनामा ‘बृहत् कोरिया शैक्षिक मेला–२०८२’  शनिबार  काठमाडौंमा सम्पन्न भएको छ।
 मेलामा २३ वटा शैक्षिक परामर्श संस्थाका ७० भन्दा बढी तालिमप्राप्त तथा अनुभवी प्रशिक्षकहरूले विद्यार्थीलाई प्रत्यक्ष परामर्श दिएका छन्।।
आयोजकले मेलाबाट करिब दुई हजारभन्दा बढी विद्यार्थी र अभिभावक प्रत्यक्ष लाभान्वितभएको बताएको छ।
 विद्यार्थीहरूले विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर अध्ययन योजना बनाएको साथै उपलब्ध हुने परामर्शले उपयुक्त विषय छनोटदेखि करिअर निर्माणसम्मको मार्गचित्र बनाउन  सहयोग पुर्‍याएको सहभागीले बताएका छन्।
अध्यक्ष विष्णु खड्काले जानकारी दिँदै भन्नुभयो, “मेलामा केक्यानमा आबद्ध सदस्य शैक्षिक परामर्शदाताहरू, प्रशिक्षकहरू र नेपाली विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहनेछ। विद्यार्थीले शतप्रतिशतसम्म छात्रवृत्ति पाउने अवसर पाउनेछन्, जुन विद्यार्थीको शैक्षिक नतिजा र आइइएलटिएस स्कोरका आधारमा निर्धारण गरिएको बताउनुभएको हो।
मेला होटल एभरेस्टमा उद्घाटन गर्दै उद्घाटन गर्दै पूर्वशिक्षामन्त्री देवेन्द्र कँडेलले नेपालले शैक्षिक अभियानमा महत्वपूर्ण छलाङ मार्नुपर्ने बेला आएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले देशमा केही भएन भन्नेहरूलाई पनि शैक्षिक क्षेत्रमा फड्को मार्दै अघि बढ्नुपर्ने अवस्था आएको छ। यस किसिमको मेला शैक्षिक यात्रामा एउटा माइलस्टोन हो।”
बाइट
काठमाडौँ विश्वविद्यालयका डिन डा. उद्धव प्याकुरेलले कार्यक्रममा सम्बोधन गर्दै नेपाल हाल शैक्षिक क्षेत्रमा महत्वपूर्ण गन्तव्य बन्दै गएको तथ्याङ्क प्रस्तुत गर्नुभयो। उहाँका अनुसार हालसम्म ५६ मुलुकका ५ हजार ८०० विद्यार्थीहरूले नेपालमा अध्ययन गरेका छन् र अध्ययन पूरा गरी फर्किएका छन्। डा. प्याकुरेलले भन्नुभयो, “शैक्षिक अधिकार र गुणस्तरीय सेवाका आधारमा नेपाल विश्वकै उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ।”
बाइट
केक्यानका अध्यक्ष विष्णु खड्काले कोरिया अध्ययनले नेपाली विद्यार्थीको भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार कोरियन भाषा अध्ययनसँगै विश्वविद्यालय तथा शैक्षिक संस्थामा प्रवेश लिने अवसर व्यापक रूपमा उपलब्ध भएको छ। “यो मेलामा विभिन्न शैक्षिक संस्था, कन्सल्टेन्सी र प्रशिक्षकहरूको सहभागिता रहनेछ। हालसम्म १८ सयभन्दा बढी विद्यार्थीले मेलामा सहभागिता जनाइसकेका छन्,” अध्यक्ष खड्काले भन्नुभयो।
बाइट
निवर्तमान अध्यक्ष गणेश शर्माले विद्यार्थीलाई यो मेलाले ठूलो फाइदा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “एकै स्थानमा २३ वटा कन्सल्टेन्सीका प्रशिक्षकहरूसँग प्रत्यक्ष परामर्श पाउने भएकाले यो कोरिया जान इच्छुक विद्यार्थीका लागि सुनौलो अवसर हो।”
कोरिया शैक्षिक परामर्श संघ (केक्यान) संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएको गैरनाफामुखी, गैरसरकारी संस्था हो। यसले स्वदेश तथा विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी, अभिभावक र परामर्श संस्थाहरूलाई लक्षित गरी सहजीकरण गर्दै आएको छ। अध्यक्ष खड्काका अनुसार विगतमा हजारौँ विद्यार्थीले केक्यानमार्फत कोरियामा अध्ययन गरेका छन् र हाल विभिन्न क्षेत्रमा योगदान दिइरहेका छन्।
आयोजकले मेलालाई शैक्षिक मार्गदर्शनको महत्वपूर्ण अवसरका रूपमा लिएको छ। विद्यार्थी र अभिभावकलाई कोरिया अध्ययनका अवसर र चुनौतीबारे स्पष्ट जानकारी दिने उद्देश्य रहेको र यसले भविष्यको अध्ययन तथा करिअर योजना बनाउन टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array