प्रधानमन्त्री ओलीको राजीनामा

रासस काठमाडौं, २४ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज राष्ट्रपतिलाई सम्बोधन गरी राजीनामा पत्र बुझाउनु भएको हो । पत्रमा उहाँले २०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएको स्मरण गर्दै हाल मुलुकमा उत्पन्न असामान्य परिस्थिति समाधानका लागि संविधानसम्मत राजनीतिक निकास आवश्यक भएकाले पदबाट हट्ने निर्णय गरेको उल्लेख छ ।

संविधानको धारा ७७(१) क बमोजिम आजैका मितिदेखि लागू हुने गरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको ओलीले पत्रमार्फत जानकारी दिनुभएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री ओलीको राजीनामा पत्र दर्ता भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array