विराट बहुउद्देश्यीय सहकारीको नयाँ कार्यसमिति चयन, अध्यक्ष सिटौला, सचिव पाठकमा निर्वाचित

 

बिर्तामोड, झापा ।
विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बिर्तामोड–३, सैनिकमोड शाखाको सातौँ अधिवेशन तथा २०औँ वार्षिक साधारणसभाले आगामी चार वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ। नयाँ कार्यसमितिको अध्यक्षमा होम प्रसाद सिटौला निर्वाचित भएका छन्।

साधारणसभाले कार्यसमितिको उपाध्यक्षमा केशवराज पाठक, सचिवमा अर्जुन कुमार पाठक तथा कोषाध्यक्षमा भिम कुमार शिवाकोटीलाई जिम्मेवारी दिएको छ। त्यस्तै सञ्चालक सदस्यहरूमा नरेश कुमार न्यौपाने, टिकामाया लामिछाने, राजु चौलागाईं, पुणम प्रसाई र निरेश सिटौला चयन भएका छन्।

लेखा सुपरिवेक्षण समितिमा तीन सदस्य

साधारणसभाले लेखा सुपरिवेक्षण संयोजकमा अर्जुन न्यौपानेलाई मनोनीत गरेको छ। समितिका सदस्यमा दिनेश अधिकारी र होमनाथ उप्रेती चयन भएका छन्।

पुँजी, सेयर र कारोबारमा वृद्धिः

विराट बहुउद्देश्यीय सहकारी बिर्तामोड क्षेत्रका सक्रिय तथा विश्वसनीय सहकारीमध्ये एक मानिन्छ।
हाल सहकारीमा सेयर सदस्यको संख्या उल्लेखनीयरूपमा वृद्धि हुँदै गएको र सञ्चित पुँजी वर्षेअनुसार बढ्दै गएको बताइन्छ। सहकारीले बचत, ऋण, बीमा, सहकारी–व्यवसाय प्रोत्साहनलगायतका सेवामार्फत वार्षिक कारोबार पनि विस्तार हुँदै गएको जानकारी साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको थियो।

सहकारीको सम्पत्ति, कुल पुँजी, वार्षिक बचत–ऋण कारोबार, नाफा–नोक्सानी तथा आगामी वर्षको कार्ययोजनाबारे सभामा विस्तृत छलफल भएको कार्यालय प्रमुख रुद्र सिटौलाले बताए ।

नयाँ नेतृत्वले सहकारीलाई प्रविधिमैत्री, पारदर्शी र सदस्यमुखी सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array