२२ मंसिर २०८२
झापाको कन्काई न पा वडा नं ५ मा कन्काई न पा भित्रका वडाका स्थानिय उद्यमि महिला एवं कृषक समुहलाई महिला हिंसा र मानव बेचबिखन सम्बन्धी अभिमुखीकरण सम्बन्धी तालिम सम्पन्न भएको छ।
कन्काई न पा वडा नं ५ को जेष्ठ नागरिक भवनमा सम्पन्न अभिमूखीकरण कार्यक्रममा झापा जिल्ला अदालत बार एशोसिएसन कि सहसचिव एवं झापा बार महिला समिति अध्यक्ष अधिबक्ता सानु कार्की बस्नेतले प्रशिक्षण दिनुभएको थियो। महिला हिंसाका स्वरुप, असर र प्रभाव एवं कानुनी उपचार सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो।
कन्काई न पा वडा नं २ को समन्वय, कारितास नेपालको आयोजना तथा जामुनखाडी कृषी सहकारी संस्था लिमिटेड र सक्षम सामाजिक उद्यमि महिला कृषी सहकारी संस्थाको संयुक्त आयोजनामा सञ्चालित एक दिवसीय अभिमुखीकरण कार्यक्रममा कन्काई न पा का सबै वडाका ४३ जना स्थानिय तथा कृषक महिलाहरूको सहभागीता रहेको थियो।





