cURL Error: 0 सुरुङ्गा जेसिजको अध्यक्षमा मेनुका उप्रेती सर्वसम्मत निर्वाचित - पूर्व खबर

सुरुङ्गा जेसिजको अध्यक्षमा मेनुका उप्रेती सर्वसम्मत निर्वाचित

 

सुरुङ्गा, २६ मङ्सिर

। सुरुङ्गा जेसिज वर्ष २०२६ का लागि मेनुका उप्रेती सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्। जेसिजमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएकी उप्रेतीको नेतृत्व, इमानदारीता र संगठनप्रतिको समर्पणलाई ध्यानमा राख्दै कार्यसमितिले सर्वसम्मत निर्णय गरेको हो।

उहाँको नेतृत्वमा जेसिजले आगामी वर्ष २०२६ मा सिर्जनात्मक, प्रभावकारी तथा सामुदायिक हितका कार्यक्रमलाई प्राथमिकता दिने अपेक्षा व्यक्त गरिएको छ।

पूर्व अध्यक्षहरूको प्रतिक्रिया

सुरुङ्गा जेसिजका पूर्व अध्यक्षहरूले पनि मेनुका उप्रेतीको निर्वाचनलाई स्वागत गर्दै शुभकामना व्यक्त गरेका छन्।

सुरुङ्गा जेसिसको पूर्व अध्यक्ष सुषमा न्यौपाने उप्रेतीले भनिन,
“मेनुकाजी जेसिसप्रति समर्पित, सक्षम र कर्मठ नेतृ हुन्। उहाँको नेतृत्वमा जेसिजले नयाँ ऊर्जा र परिणाममुखी कार्यक्रमहरू कार्यान्वयन गर्नेछ भन्नेमा हामी विश्वस्त छौं।”“उहाँले विगतमा सम्हालेका जिम्मेवारीहरू उत्कृष्ट रूपमा पूरा गर्नुभएको छ। २०२६ को कार्यकाल जेसिजको विस्तार, नेतृत्व विकास र सामाजिक परियोजनाको सुदृढीकरणमा महत्वपूर्ण बन्नेछ।”

पूर्व अध्यक्ष लीला चिमरियाले“सुरुङ्गा जेसिजले महिला नेतृत्वको एक प्रेरणादायी उदाहरण देखाएको बताएका छन् , मेनुकाजीको सफल नेतृत्वले युवाहरूलाई अझ प्रेरित गर्नेछ।”

नयाँ कार्यसमितिलाई बधाई

अध्यक्षसँगै निर्वाचित सम्पूर्ण कार्यसमितिलाई पनि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ कार्यसमिति आगामी वर्षका कार्यक्रम, नीतिगत योजना तथा समुदायमा सकारात्मक प्रभाव पार्ने परियोजनाको तयारीमा जुट्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *