cURL Error: 0 मेचिनगर लेडी जेसिजको १२औँ वार्षिक साधारणसभा सम्पन्न, वर्ष २०२६ का लागि रिता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित - पूर्व खबर

मेचिनगर लेडी जेसिजको १२औँ वार्षिक साधारणसभा सम्पन्न, वर्ष २०२६ का लागि रिता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

 

मेचिनगर।
मेचिनगर लेडी जेसिजको १२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाबाट वर्ष २०२६ का लागि जेसि रिता श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिमा कार्यकारिणी उपाध्यक्षमा जेसि नवीना डागि र जेसि सर्मिला तिमिल्सिना चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षहरूमा जेसि प्रमिला ओली, जेसि तेजकुमारी घिमिरे, जेसि सोनिका भट्टराई र जेसि सृजना घिमिरे निर्वाचित हुनुभएको छ।

कार्यक्रमका अवसरमा वर्ष २०२४ की अध्यक्ष तथा निर्वाचन आयुक्त जेसि पवित्रा प्रसाईंले नवनिर्वाचित अध्यक्ष र सम्पूर्ण बोर्डका पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले नेतृत्वले संस्थालाई अझ सशक्त, प्रभावकारी र समाजसेवामुखी बनाउने विश्वास व्यक्त गर्नुभयो।

साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी कार्यदिशा, महिला सशक्तीकरण, नेतृत्व विकास र सामाजिक सेवासम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

मेचिनगर लेडी जेसिजले आगामी दिनमा महिला नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र समुदाय केन्द्रित कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *