नेपाल जेसिज वर्ष २०२६ का लागि जीवन कार्कीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
काठमाडौँ । नेपाल जेसिज वर्ष २०२६ का लागि जेसिआई सिनेटर जीवन कार्की अध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्ष कार्कीसहित सम्पूर्ण नव–निर्वाचित पदाधिकारी तथा बोर्ड सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
नव–निर्वाचित नेतृत्वअनुसार कार्यकारी उपाध्यक्षहरूमा नवराज उपाध्याय, सभा पौडेल भण्डारी, विकसलाल श्रेष्ठ र योगेश राजवंशी चयन हुनुभएको छ ।
त्यसैगरी उपाध्यक्षहरूमा जेसि मेनुका ओली, जेसि दिपेश बराइली, जेसि अमन महर्जन, जेसि खगेन्द्र भण्डारी, जेसि विदुर थापा, जेसि सुरेन्द्र श्रेष्ठ, जेसि एन्जिला खड्का र जेसि देबु बानियाँ निर्वाचित हुनुभएको छ ।
नयाँ नेतृत्वले जेसिजको मूल्य, सिद्धान्त र उद्देश्यअनुसार युवा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व, उद्यमशीलता प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपाल जेसिजले देशभर सक्रिय युवालाई नेतृत्व, सेवा र सकारात्मक परिवर्तनतर्फ प्रेरित गर्दै विभिन्न सामाजिक, आर्थिक र नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।





