cURL Error: 0 खण्डन विषयमा - पूर्व खबर

खण्डन विषयमा

बिर्तामोड झापा : कृते नक्कली नागरिकताको बिसयमा प्रकाशित समाचारप्रति आफ्नो मानहानि हुने समाचार प्रकाशित भएको भन्दै खण्डन दाबी गर्ने दमक १० का पूर्व वडा अध्यक्ष भक्ति सिटौलाको विषयमा सो बमोजिम समाचार छापिएको छ। । मोरङ जिल्लाबाट नागरिकता न ७६१८०३७१२ जारि मिति २०४०/११/०९ मोरङ जिल्लाबाट निकालेको यहि नागरिकता प्रयोग गरी २०७५ साल असार ३२ गते झापा दमकमा एउटा सरकारी काम सम्पन्न गर्नको निम्ति यही नागरिकता प्रयोग गरिएको भेटिएको छ।
भने निज भक्ति प्रसाद सिटौलाले झापा जिल्लाबाट अर्को जग्गा रजिस्ट्रेसन पास गर्ने क्रममा झापा जिल्लाबाट अर्को नागरिकता बनाउँदै मिति २०७८ साल चैत्र १ गते नागरिकता न ०४/०२/७८/०४७१५ नम्बरको नागरिकता बनाएर जग्गा पास गरेको देखिएको छ भने उक्त विषयमा सिटौलाले आफूले नागरिकता दुईवटा बनाएको तर पछिल्लो नागरिकता आफूले नबनाएको दाबी गरेका छन्।
झापा जिल्लाबाट जारी भएको नागरिकता बनाउँदा उक्त समयमा सरकारी छाप लेटर प्याड तथा अधिकृतको हस्ताक्षर समेत दुरुपयोग गरिएको आशंका गरिएको छ।
तर उक्त विषयमा सिटौलाले आफूले आजसम्म कुनै पनि नेपाल सरकारको लेटर प्याड स्ट्याम्प र हस्ताक्षर को दुरुपयोग नगरेको दाबी गरेका छन्।
साथै सिटौलाले दमक १० साविक १७ स्थित पशुपति प्रावी स्कुल अगाडिबाट आमबारि जाने सडकमा , सडकलाई अतिक्रमण गरी घर ग्वाली तथा भौतिक संरचना बनाएको विषयमा दमक नगरपालिकाको न्यायिक समितिमा लिखित रुपमा उजुरी परी छलफल समेत भएको र नापी कार्यालय र दमक नगरपालिकाबाट नापी टोली लगी कारबाही अगाडि बढाउने र सडकको जग्गा खाली गराउने छलफल भएको र भूलबस आफुले सडकमा भौतिक संरचना बनाएको भए दमक नगरपालिकाले भत्काउँदा आफ्नो मन्जुरी भएको सिटौलाले बताएको न्यायिक समितिका माधव बस्नेतले बताएका छन्।
उक्त विषयको समाचारमा सिटौलाले आफूलाई मानहानि हुनेगरी समाचार लेखेकोपछि दुःख व्यक्त गरेका छन्।
कृते नागरिकता गरेको विषयमा जिल्ला प्रशासन कार्यालय भद्रपुरमा र जिल्ला प्रहरी कार्यालय झापामा समेत उजुरी परेपछि छानबिन प्रक्रिया अगाडि बढाइएको देखिएको छ।
यो विषयमा आफूलाई समाचारले अन्याय गरेको भने खण्डन गरी पाउ भन्ने विषयलाई यहाँ राखिएको जानकारी गराउँछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *