cURL Error: 0 बुद्ध शान्तिमा निर्मित कोशीकै ठूलो झोलुङ्गे पुल पुष २५ मा उद्घाटन हुँदै - पूर्व खबर

बुद्ध शान्तिमा निर्मित कोशीकै ठूलो झोलुङ्गे पुल पुष २५ मा उद्घाटन हुँदै

झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा पाँच महिनाको अवधिमै निमार्ण सम्पन्न भएको झोलुङ्गे पुलको यही पुस २५ गते उदघाटन हुने भएको छ ।

झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत असार २४ गते शिलान्यास गरेको यो झोलुङ्गे पुलको पाँच महिनामै निर्माण कार्य सम्पन्न भएको हो ।
यही पुस २५ गते झोलुङ्गे पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले जानकारी दिनुभयो ।

बुद्धशान्ति–६ र ७ को दुई वटा गाउँ कोल्बुङ र रमिते गौडाबासीलाई टिमाईको गहिरो गल्छी छिचोल्न निर्माण गरिएको चार सय ७७ मिटर लामो डी आकारको यो पुल कोशी प्रदेशकै लामो झोलुङ्गे पुल हो ।

स्थानीय पूर्वाधार विभागको सस्पेन्सन ब्रिज डिभिजनका इन्जिनियर जयप्रसाद गुप्ताले सङ्घीय सरकारको पाँच करोड ९८ लाखको लागतमा पुल निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुदै गरेकाले पूर्वाधारहरु थप्ने पालिकाको योजना रहेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष प्रसाईंले बताउनुभयो । अहिले पुलको वडा नं ७ तर्फको किनारामाचार करोड ५० लाखको बजेटमा बुद्धशान्ति हरित उद्यान निर्माण कार्य अघि बढाइएको छ ।

काठमाडौँको थानी÷जगदम्बा जेभीले निर्माण गरेको उक्त झोलुङ्गे पुलको भारवहन क्षमता ९० मेट्रिक टन रहेको छ । पुलले एकपटकमा ६ सय ४७ पदयात्रीको भार थेग्ने क्षमता राख्ने स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन ब्रिज डिभिजनको शिलालेखमा उल्लेख गरिएको छ setooatrabata

Leave a Reply

Your email address will not be published. Required fields are marked *