cURL Error: 0 रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश - पूर्व खबर

रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश

पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको हो ।

करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए । जिल्ला अदालत, कास्कीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *