उपाध्यक्ष न्यौपानेको संयोजनमा सञ्चार कार्यदल

बिर्तामोड झापा
युवा सञ्चारकर्मी सुब्रत न्यौपाने को संयोजनमा सञ्चार कार्यदल बनाइएको छ।
आज झापाको बिर्तामोडमा बसेको नेपालको पत्रकार महासंघको पहिलो बैठकबाट उपाध्यक्ष न्यौपानेको संयोजनमा कार्यदल बनाइएको हो।
कार्यदलको सदस्यहरूमा उपाध्यक्ष विनिशा शर्मा गौतम सचिव राजु पाठक प्रदीप परियार र मुक्ति पौडेल। सदस्य रहने निर्णय गरिएको अध्यक्ष एकराज गिरीले बताए।
बैठकले विभिन्न विषयमा निर्णय गर्दै प्रेस विज्ञप्ति समेत सार्वजनिक गरेको छ।
पहिलो बैठकले सञ्चार माध्यममा देखेका समस्या चुनौतीलाई समेत गम्भीर रुपमा हेरेको र आउने दिनमा समाधानका पहलहरु सुरु गरिने बताएको छ।
विज्ञप्तिमा भनिएको छ
नेपाल पत्रकार महासंघ
झापा शाखा
प्रेस विज्ञप्ति
मितिः२०८१।०९।२५

नेपाल पत्रकार महासंघ झापाको १४औं अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट निर्वाचित जिल्ला समितिको पहिलो बैठक आज मिति २०८१ पुस २५ गते विहीबार अध्यक्ष श्री एकराज गिरीको अध्यक्षतामा महासंघको बिर्तामोडस्थित कार्यालयमा बस्यो । बैठकको निर्णयहरू यसप्रकार रहेका छन् –

१) धन्यवाद ज्ञापन बारे ।
१४औं जिल्ला अधिवेशनसंँगै प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत झापाबाट तीनै तहको मिति २०८१ मंसीर २८ गते भएको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन योगदान गर्ने महासंघको निवर्तमान कार्यसमिति, निर्वाचन समिति, कर्मचारी, सुरक्षा निकाय, सरोकारवाला संघसंस्था, महासंघ शाखाका पूर्व अध्यक्षहरु, सदस्यहरू, शुभेच्छुक लगायत सबै पक्षप्रति धन्यवाद ज्ञापन गरियो ।
२) प्रेस स्वतन्त्रता तथा पत्रकारको हित बारे ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र आर्थिक संकट व्यहोरिरहेका झापाका साना ठूला लगानीका झापाली सञ्चार गृह (स्वलगानी तथा स्वरोजगारमूलक समेत)को संस्थागत विकासका लागि दृढतापूर्वक उभिने निर्णय गरियो ।
३) सञ्चार कानून बारे ।
झापाका सबै स्थानीय तहमा सञ्चार सम्बन्धी कानुनहरू बनाउन ध्यानाकर्षण गराउँदै स्थानीय तह, प्रदेश र केन्द्रमा बन्ने सञ्चार सम्बन्धी कानुनहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मिडियामैत्री बनाउन खबरदारी गर्ने निर्णय गरियो ।
४) पेशागत मर्यादा र महासंघको गरिमा बारे ।
पत्रकारिताको सिद्धान्त, मूल्य मान्यता र आचारसंहिता विपरीतका गलत प्रवृत्ति तथा विकृति प्रभावकारी रुपमा नियन्त्रण गर्दै पत्रकारिता पेशाको मर्यादा र महासंघको गरिमा बढाउन दृढतापूर्वक उभिने प्रतिवद्धता व्यक्त । विज्ञापनजन्य सामग्रीलाई समाचार नबनाउन सबै सञ्चारकर्मी र सञ्चारमाध्यमलाई अपिल गर्ने । अटेर गरी आचारसंहिता विपरीतका गतिविधि गरेको पाइए कार्वाही प्रक्रिया अघि बढाउने निर्णय गरियो ।
५) सामाजिक सञ्जाल प्रयोग बारे ।
पत्रकारिता पेशा, सञ्चारकर्मी र सञ्चारमाध्यका विषयमा पेशागत मर्यादा विपरीत वितृष्णा जगाउने तथा नकारात्मक सन्देश प्रवाह हुने गरी सामाजिक सञ्चालहरुमा कुनै पनि टीकाटिप्पणीका पोष्ट, कमेन्ट नगर्ने र त्यसो नगर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने । समाजमा शान्ति सुव्यवस्थामा खलल पुर्याउने, व्यक्तिगत मान प्रतिष्ठा तथा व्यक्तिगत स्वतन्त्रतामा आँच पु¥याउने र अपुष्ट, तथ्यहीन सामग्री, विभत्स फोटो भिडियो सामाजिक सञ्जालमा नराख्न सबै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा अपिल गर्ने निर्णय गरियो ।
६) बिना दर्ताका सञ्चार माध्यम बारे ।
जिल्लामा सञ्चालित सञ्चार माध्यमहरुको व्यवस्थि सञ्चालनका लागि विभिन्न कारणले दर्ता हुन नसकेका सञ्चार माध्यमहरुलाई तत्काल आवश्यक प्रक्रिया पूरा गरी सम्वन्धित निकायमा दर्ता गर्न आग्रह गर्ने तथा उक्त कार्यका लागि आवश्यकता बमोजिम महासंघ झापा शाखाले सहजीकरण गरी सहयोग पुर्याउने निर्णय गरियो ।
७) तीन वर्षे कार्ययोजना बारे ।
सम्वद्ध सरोकारवालाहरुसँगको परामर्शबाट महासंघको तीन वर्षे कार्ययोजना तयार गरी एक महिनाभित्र पेश गर्न उपाध्यक्ष सुब्रत न्यौपाने संयोजक तथा उपाध्यक्ष बिनिता गौतम, सचिव राजु पाठक, प्रदीप परियार र कोषाध्यक्ष मुक्तिनाथ पौडेल सदस्य रहने गरी कार्ययोजना निर्माण समिति गठन गरी जिम्मेवारी दिने निर्णय गरियो ।
८) सदस्यता नवीकरण बारे ।
नेपाल पत्रकार महासंघ झापाका सदस्यहरुको २०८१ र २०८२ सालको सदस्यता तत्काल नवीकरण गर्नका लागि आह्वान गर्ने निर्णय गरियो ।
९) सूचना अधिकारी नियुक्त बारे ।
नेपाल पत्रकार महासंघ झापा शाखाको सूचना अधिकारी तथा प्रवक्तामा महासंघ झापा शाखाका सचिव राजु पाठकलाई नियुक्त गर्ने निर्णय गरियो ।

राजु पाठक
सचिव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array