cURL Error: 0 डोमालाल रङ्गशालामा प्रवेश निषेध - पूर्व खबर

डोमालाल रङ्गशालामा प्रवेश निषेध

बिर्तामोड झापा।
बिर्तामोडको मुटुमा रहेको डोमालाल रङ्गशालामा प्रवेश निषेध गरिएको छ।
निकै लगानी गरेर चिटिक्क पारिएको खेलमैदानमा विभिन्न व्यक्तिहरूको प्रवेश र विभिन्न किसिमका कार्यक्रम गर्न सक्ने भन्दै खेलमैदान लाई लक्षित गरी खेलका गतिविधिबाहेकका कामहरूमा प्रवेश निषेध गरिएको हो।
आज बसेको बिर्तामोड खेलकुद विकास समितिको बैठकले रङ्गशालामा खेलमैदान निर्माणमा निकै रुपैयाँ खर्च भएको र खेलमैदानलाई दुरुपयोग हुनबाट बचाउन प्रवेश निषेध गरिएको अध्यक्ष विकास गिरीले पूर्व खबरलाई बताए।
अन्य प्रयोजनमा प्रयोग हुँदा मैदान बिग्रिने भएकाले नेपालमै ख्याति कमाएको झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशाला प्रवेशमा रोक लगाइएको हो ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आज बिहिबार बसेको बैठकले रंगशाला प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यक्ष विकास गिरीले जानकारी दिँदै कुनै कार्यक्रम गर्नुपरे रङ्गशाला पश्चिम पट्टिको मैदान प्रयोग गर्न अनुमति दिने तर रङ्गशालाको खेलमैदान लाई अन्य काममा प्रयोग गर्न नदिने बताएका छन्।

समितिको आयोजनामा हुन गइरहेको प्रथम अन्तरपालिका महिला फुटबल प्रतियोगिताका लागि मैदान मर्मत गर्नुपर्ने भएकाले पुस २७ गतेबाट मैदान प्रवेशमा रोक लगाएको समितिले जनाएको छ ।

समितिले यही माघको दोस्रो सातादेखि झापाका पालिकाबीचमा महिला फुटबल प्रतियोगिता आयोजना गर्दैछ । पुस पहिलो साता सकिएको झापा कपको समयमा रंगशाला मर्मत गरिएको थियो ।

समितिले केही कार्यक्रम गर्नु परे रंगशालापछाडिको मैदान प्रयोग गर्न दिने निर्णय गरेको समितिका अध्यक्ष गिरीले जानकारी दिए ।

गत वर्ष भाक्का दिवसको कार्यक्रम आयोजना हुँदा मैदानको केही भाग खुर्केर चिल्लो पार्दा झार उमार्न निक्कै समय लागेको थियो । त्यसले मैदानको स्वरुप नै बिगारेको थियो ।

हाल देवी गुठीको मातहतमा रहेको रंगशाला भएको जग्गा केही व्यापारीले व्यक्तिगत समेत बनाएका छन् । तर, उनीहरुले भोगचलन गर्न भने सकेका छैनन् ।

सोही जग्गामा २०७२ सालदेखि स्थानीय सामाजिक व्यक्तित्व जलकुमार गुरुङको अगुवाईमा खेलमैदान संरक्षणको सुरुवात भएको थियो ।

खेलमैदानको जथाभावी प्रयोग हुँदा तथा संरक्षण नहुँदा मैदान मर्मतका लागि प्रत्येक वर्ष दस लाख रुपैयाँभन्दा बढी खर्च हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *