दमक, झापा,
दमक नगरपालिका–९ स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा आज शिक्षक–अभिभावक संघको भेला सम्पन्न हुँदै नयाँ समिति गठन गरिएको छ। भेलाले श्री निर्मला पाण्डेको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको विद्यालयले जानकारी दिएको छ।
नवगठित समितिमा नागेन्द्र घोर्साइ, तारा खनाल, सम्झना नेपाली, इन्द्रकुमार श्रेष्ठ, डम्बर बी.के., सीता सुवेदी, भूमिराज पराजुली, मैना दाहाल, लोकनाथ गजुरेल, बिमला मिश्र र कुलराज पौडेल सदस्य रहेका छन्।
समितिको गठनपछि विद्यालयका अध्यक्ष गगन पुरीले नयाँ समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। उनका अनुसार शिक्षक–अभिभावक संघ विद्यालयको शैक्षिक उन्नति, विद्यार्थीमैत्री वातावरण निर्माण तथा अभिभावक–विद्यालय सहकार्य सुदृढ गर्न महत्वपूर्ण भूमिका रहेको छ।
भेलामा विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको विद्यालयले जनाएको छ।





