झापा–२ बाट एमाले महाधिवेशनका लागि अध्यक्ष गिरी सहित मन्त्री कार्की विजयी

बिर्तामोड, १५ मङ्सिर । नेकपा (एमाले) झापा क्षेत्र नं–२ बाट राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भएको छ। शुक्रबार सम्पन्न मतदानको अन्तिम परिणामअनुसार कोशी प्रदेशका खानेपानी मन्त्री एकराज कार्की र एमाले झापा अध्यक्ष प्रेमबहादुर गिरी उच्च मतसहित विजयी भएका छन्।

खुला तर्फका पाँच विजेता

खुला तर्फ प्रतिस्पर्धामा रहेका १९ उम्मेदवारमध्येबाट

  • एकराज कार्की
  • प्रेमबहादुर गिरी
  • प्रदेश सांसद चिन्तन पाठक
  • बिर्तामोड नगर कमिटी अध्यक्ष सुभाष भट्टराई
  • अर्जुनधारा नगर प्रमुख बलदेव गोम्देन तामाङ
    महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

निर्वाचन समितिको अनुसार झापा–२ मा जम्मा ४,८२७ मतदाता रहेका छन भने २,६९४ मत खसेको थियो।

महिला तर्फ तीन प्रतिनिधि चयन

महिला तर्फ पाँच उम्मेदवारबीच प्रतिस्पर्धामा

  • बिर्तामोड नगर प्रमुख पवित्रा महत्रा प्रसाई,
  • पूर्व जिल्ला अध्यक्ष पवित्रा पाठक
  • सुनिता खरेल
    विजयी भएका छन्।

निर्वाचन संयोजन समितिका संयोजक चित्रबहादुर मगरका अनुसार महिला तर्फको प्रतिस्पर्धा आन्तरिक रूपमा चर्को देखिए पनि परिणाम शान्तिपूर्ण ढंगले टुंग्याइएको हो।

युवातर्फ राज आङदेम्बे विजयी

युवातर्फ राज आङदेम्बे निर्वाचित भएकी छन्। युवातर्फ उम्मेदवार संख्या कम रहे पनि सहभागिता भने उल्लेखनीय रहेको समितिकाले जनाएको छ।

अनुशासित र व्यवस्थित निर्वाचन प्रक्रिया

निर्वाचन समिति सदस्य डम्बर देउजाका अनुसार यसपटकको मतदानमा आन्तरिक प्रतिस्पर्धा तीव्र भए पनि समग्र प्रक्रिया व्यवस्थित र अनुशासित देखियो।

प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, स्थानीय जनप्रतिनिधि र संगठनका नेतृत्वको उपस्थिति सक्रিয় रहेको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array