क्रोएसियामा सडक दुर्घटनामा १ झापाली सहित २ नेपालीको मृत्यु:शव ल्याउन ६ हजार युरो लाग्ने जानकारि

मेचीनगर, २८, फागुन (पूर्व खबर)
काठमाडौं । युरोपको देश Croatia मा भएको सडक दुर्घटनामा दुई नेपाली युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा झापाको मेचीनगर–१२ नयाँबस्तीका ३९ वर्षीय भरत कार्की र Kumakh Rural Municipality का २७ वर्षीय भुवन विक रहेका छन्।
रोजगारीका लागि Bosnia and Herzegovina पुगेका उनीहरू घुम्नका लागि क्रोएसिया जाँदा बाटोमा भएको दुर्घटनामा परेर मृत्यु भएको गैरआवासीय नेपाली संघ (Non-Resident Nepali Association) क्रोएसियाका अध्यक्ष Simon Tamang ले जानकारी दिएका छन्।
उनका अनुसार दुर्घटना फेब्रुअरी १२ तारिखमा भएको हो। दुर्घटनामा ज्यान गुमाएका दुवै युवाको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको छ।
तामाङका अनुसार Vienna स्थित नेपाली दूतावाससँग समन्वय भइरहेको छ। एउटा शव नेपाल ल्याउन ६ हजार यूरोभन्दा बढी खर्च लाग्ने बताउँदै उनले शव नेपाल पठाउने प्रयास भइरहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *