हल्दीबारीमा रुख ढल्दा १७ वर्षीय किशोरीको मृत्यु

झापा, २९ फागुन : झापाको हल्दीबारी गाउँपालिकामा वर्षासहितको हावाहुरीका कारण आँपको रुख ढल्दा एक किशोरीको मृत्यु भएको छ।
हल्दीबारी गाउँपालिका–२ पाराखोपी बस्ने प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशीको बिहीबार राति करिब ९ बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा घर नजिकको आँपको रुख ढलेर किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापा र नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी चौकी हल्दीबारीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। थप सहयोगका लागि सशस्त्र प्रहरी बल नेपाल को टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी चौकी हल्दीबारीबाट करिब तीन किलोमिटर पूर्वतर्फ पर्ने बताइएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण खड्का ले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *