बिर्तामोड,३ चैत । झापाको मेचीनगरमा एक किशोरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक भेनियर व्यवसायीविरुद्ध प्रहरीमा उजुरी परेको छ। पीडित किशोरीका परिवारले मेचीनगर–१४ निवासी व्यवसायी प्रदिप मित्तल विरुद्ध इलाका प्रहरी कार्यालय धुलाबारी मा जाहेरी दिएको जनाइएको छ।
परिवारका अनुसार मित्तलले मेचीनगर–१४ स्थित आफ्नो उद्योग परिसर नजिकै एक किशोरीलाई जिस्क्याउने तथा अभद्र व्यवहार गरेको आरोप लगाइएको छ। उक्त घटनापछि पीडित किशोरी र उनका परिवारले प्रहरीसमक्ष उजुरी दिएका हुन्।
स्थानीय स्रोतका अनुसार मित्तलको मेचीनगर–१४ को प्रगतिटोल क्षेत्रमा करिब सात बिघा जमिन रहेको छ। सोही स्थानमा विगतदेखि भेनियर (प्लाइ) उद्योग सञ्चालन हुँदै आएको र हाल त्यहीँ पाँचतारे होटल निर्माणको काम भइरहेको बताइएको छ।
पीडित परिवारका अनुसार किशोरीकी आमा सोही उद्योगमा दैनिक ज्यालादारीका रूपमा काम गर्दै आएकी छन्। केही दिनअघि घर आएकी ती किशोरी आमा काम गर्ने उद्योग परिसरमा बोरा पुर्याउन गएको बताइएको छ। आमा खाजा खाने समयमा दाउराको जोहो गर्नुपर्ने भएकाले बोरा लिएर आउन भनेपछि किशोरी दिउँसो उद्योग परिसर पुगेकी थिइन्।
त्यसक्रममा उद्योग परिसरमा रहेका व्यवसायी मित्तलले किशोरीलाई जिस्क्याउन थालेको परिवारको आरोप छ। किशोरीले उनको व्यवहारलाई बेवास्ता गर्दै घरतर्फ फर्किन खोजेपछि मित्तलले कार चलाएर पछ्याएको प्रत्यक्षदर्शीले बताएका छन्।
स्थानीयका अनुसार मित्तलले कारबाट किशोरीको घर नजिकैसम्म पुगेका थिए। किशोरी घरभित्र प्रवेश गरेपछि उनले घर नजिकै गाडी रोकेर पटक–पटक हर्न बजाएका थिए। हर्नको आवाज सुनेर केही छिमेकीहरू बाहिर निस्किएका थिए।
त्यसपछि मित्तल गाडीबाट उत्रिएर किशोरीको घरतर्फ गएको प्रत्यक्षदर्शीको भनाइ छ। किशोरीसँग उनले घरजग्गा, जमिन तथा आर्थिक अवस्थाबारे सोधपुछ गर्नुका साथै सम्पर्क नम्बर मागेको आरोप लगाइएको छ। तर अपरिचित व्यक्तिको व्यवहार अस्वाभाविक लागेपछि किशोरीले आफ्नो मोवाइल नम्बर दिन अस्वीकार गरेको पारिवारिक स्रोतले जनाएको छ।
परिवारका अनुसार त्यसपछि मित्तल गाडी लिएर फर्किए पनि केही समयपछि पुनः किशोरीको घरमा पुगेका थिए। उनले पुनः किशोरीसँग मोवाइल नम्बर माग्दै नगद रकम देखाएर प्रलोभन दिएको आरोप परिवारले लगाएको छ। किशोरीले नम्बर दिन नमानेपछि मित्तलले आफ्नो नम्बर लिन आग्रह गरेको जनाइएको छ।
मोवाइल नम्बर लिने बहानामा किशोरीले मित्तलको भिडियोसमेत खिचेको परिवारले जनाएको छ। त्यही क्रममा घरमा कोही नभएको थाहा पाएपछि मित्तलले किशोरीलाई हातपातसमेत गरेको आरोप परिवारको छ।
घटनापछि पीडित परिवारले इलाका प्रहरी कार्यालय धुलाबारी मा जाहेरी दिएको जनाएको छ। घटनाबारे जानकारी लिन खोज्दा उक्त कार्यालयका प्रहरी निरीक्षकसँग सम्पर्क हुन सकेन।
यता जिल्ला प्रहरी कार्यालय झापा की प्रहरी उपरीक्षक बसुन्धरा खड्का ले घटनाबारे उजुरी प्राप्त भएको र त्यस सम्बन्धमा आवश्यक छानबिन भइरहेको जानकारी दिनुभयो। प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान अघि बढाइएको जनाएको छ। अनुगमनवाट



