पूर्व प्रधानमन्त्री ओली पक्राउ: लगियो भद्रकाली

काठमाडौं,१४ चैत ।
पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली आज बिहान पक्राउ परेका छन्। उनलाई भक्तपुरको गुण्डुस्थित निजी निवासबाट नियन्त्रणमा लिएर काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको प्रहरीले जनाएको छ।
शुक्रबार बालेन साह नेतृत्वको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार उनीहरूलाई पक्राउ गरिएको हो।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली र लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो।
प्रहरीका अनुसार आयोगको सिफारिस र मन्त्रिपरिषद्को निर्णयपछि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *