आफ्नो पक्राउ प्रतिशोध र पूर्वाग्रहको परिणाम : पूर्व गृहमन्त्री लेखक

काठमाडौं,१४ चैत
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक ले आफ्नो पक्राउलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधको परिणाम भएको बताएका छन्।
शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ परेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यसविरुद्ध राजनीतिक तथा कानुनी दुवै मोर्चाबाट लड्ने बताएका हुन्।
‘राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले मलाई पक्राउ गरिएको छ। यसको राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु,’ उनले भने।
लेखकले मन्त्रिपरिषद्को निर्णयबाटै व्यक्तिलाई पक्राउ गर्ने अभ्यास सुरु गरिएको भन्दै आपत्ति जनाएका छन्। ‘क्याबिनेटबाट निर्णय गरेर पक्राउ गरिएको छ। यस्तो अभ्यास संसारमा हुँदैन,’ उनको भनाइ छ।
प्रहरीले उनलाई निवासबाटै नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि काठमाडौं लगेको जनाएको छ। यसअघि मन्त्रिपरिषद्ले उनीविरुद्ध फौजदारी मुद्दा अगाडि बढाउने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *