अश्लिल हर्कत भएको प्रमाणित भए दमक नगरपालिकाले किन कार्वाही नगर्ने ? …प्रवक्ता दाहाल

0
SHARES
385
VIEWS

राजकुमार ओली
दमक
दमक नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत डम्वरु निरौलालाइ कार्वाही गर्ने भएको छ ।केही दिन अघि दमकका प्रमुख प्रशासकिय अधिकृत निरौलाले कार्यलय परिसर भित्रकै सरकारी क्वाटरमा एक महिला सगं अनैतिक गतिविधी गर्न खोजेको र अश्लिल हर्कत देखएको विषयमा छानविन गर्ने र दोषी ठहरिए कार्वाही गर्ने प्रवक्ता दिपेश दाहालले पुर्वखवरलाइ बताए । दमक नगरपालिकाको क्वार्टरमै अनैतिक गतिविधि गरेको विषय बाहिर आएपछि दमक नगरपालिकाकै बदनाम भएको र यस्ता कर्मचारीलाइ दमकमा राख्न नसकिने स्थानियवासीहरुले बताएकाछन ।
सार्वजनिक भएको भिडियो विषयमा बुझ्दा प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वार्टरमा नभएर आफ्नो जन्मदिन काठमाडौमा मनाएको र त्यो भिडियो पारिवारिक तथा सामुहिक पार्टीमा भएको तर कसरी सार्वजनिक भयो,आफै नै अचम्मित भएको बताउनुभएको छ । सार्वजनिक भएको भिडियो आफ्नै भएपनि त्यो दमकको सरकारी क्वाटरमा नभएको निरौलाको दावी छ ।
गत केही दिन अघि अनैतिक गतिविधि गर्दै गरेको भिडियो बाहिरिएपछि निरौला मानसिक तनावमा छन ।उनले   एक महिलासँग मदिरा सेवन गर्दै अनैतिक क्रियाकलाप गर्दै गरेको भिडियोमा देखिन्छ ।

महिलाले भिडियो टिकटकमार्फत लाइभ गरेकी थिइन् । मदिराले लठ्ठ भएका निरौलाले लाइभमै अनैतिक गतिविधि गरेको देख्न सकिन्छ । भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर भएको दावी छ । क्वार्टरमै अश्लील हर्कत गरेको बाहिरिएपछि उनको विरोध सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार