जेन–जी आन्दोलनमा संलग्न दुई पत्रकारसहित पाँच जना कारबाहीमा

बिर्तामोड, कार्तिक २३ (पूर्व खबर)— नेकपा एमाले मेचीनगर कमिटिले जेन–जी आन्दोलनमा संलग्न भएको आरोपमा दुई जना पत्रकारसहित पाँच जना कार्यकर्तामाथि निस्काशन, निलम्बन र कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको छ। मेचीनगर नगरपालिका–स्थित धुलाबारीमा बिहीवार सम्पन्न एमाले मेचीनगर कमिटीको छैटौं पूर्ण बैठकले पार्टीको नीति र विधान विपरीत गएर जेन–जी आन्दोलन लगायतका गतिविधिमा सहभागी र मलजल गरेको […]
युनि एशिया प्यासिफिक सम्मेलनको एसिया सदस्यमा नेपालका गजेन्द्र पौडेल

राजकुमार ओली,बिर्तामोड, कात्तिक ८(पूर्व खबर) मलेसियामा सम्पन्न युनि एसिया प्यासिफिक सम्मेलन (UNI Asia Pacific Conference) सम्पन्न भई दक्षिण एसियाली कार्य समिति गठन भएको छ । उक्त समितिमा नेपाल युनिकोमका अध्यक्ष गजेन्द्र पौडेल सदस्यका रूपमा चयन भएका छन् । पौडेलको चयनले नेपालका श्रम–व्यवसाय क्षेत्र र अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनमा नेपालको उपस्थितिलाई थप सुदृढ बनाएको छ । सम्मेलनमा […]
इलाममा राहात बाँड्दै दीपक ओलीको टिम- सांसद बस्नेतले दिए धन्यवाद

इलाम, ३१ असोज नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीहरूको सहयोगमा इलामका बाढी–पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको छ। झापा सुरुङ्गा–जामुनबारी सिमसार सचिव एवं समाजसेवी दिपक ओलीको पहल र समन्वयमा सञ्चालित अभियानअन्तर्गत माईजोगमाई गाउँपालिका–६ का २५ परिवारलाई राहत सामग्री वितरण गरिएको हो। राहत वितरण कार्यमा स्थानीय समाजसेवी शेरेबहादुर थापाको समेत सक्रिय समन्वय रहेको थियो। उनीहरूद्वारा संकलित राहत […]
यातायात कार्यालय बिर्तामोडको सेवा सुचारु

बिर्तामोड, ३० असोज :(रासस) गत भदौ २३ र २४ गतेको आन्दोलनताका क्षतिग्रस्त भएको मेची यातायात व्यवस्था कार्यालय, बिर्तामोड आज बिहीबारदेखि आंशिक रूपमा सेवा सञ्चालनमा आएको छ। कार्यालय प्रमुख प्रेम सापकोटाका अनुसार, अहिलेका लागि स्मार्ट कार्ड वितरण, जरिवाना नलाग्ने सवारी साधनका रूट पर्मिट नवीकरण र सवारी जाँचपास (फिटनेस टेस्ट) लगायतका सेवा सञ्चालन गरिएको हो। आन्दोलनका क्रममा […]
इलाममा भीषण पहिरो, १८ जनाको मृत्यु — बाढी र अविरल वर्षाले विपद् डरलाग्दो रूप लिँदै

राजकुमार ओली,इलाम १९ असोज, अविरल वर्षापछि इलाम जिल्लाका विभिन्न स्थानमा गएराति आएको भीषण पहिरोले ठुलो जनधनको क्षति पुर्याएको छ। विभिन्न स्थानमा पहिरोमा परेर अहिलेसम्म १८ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेलका अनुसार सबैभन्दा बढी क्षति सूर्योदय नगरपालिकामा भएको छ, जहाँ पाँच जनाको मृत्यु भएको छ। […]
चम्पापुर माविको बाल उद्यानमा डंगोल परिवारको सहयोग

राजकुमार ओली कन्काई झापा झापाको कन्काई नगरपालिका–५ स्थित श्री चम्पापुर माध्यमिक विद्यालयमा बालबालिकाहरू घामपानी र वर्षाको असुविधाबिना खेल्न सकून् भन्ने उद्देश्यले बालउद्यानमा छानो निर्माण गरिएको छ। काठमाडौँ निवासी समाजसेवी पार्वता राउत डंगोल र नवीन डंगोलको सहयोगमा सो उद्यानमा छानो निर्माण भएपछि विद्यालयले सहयोगी परिवारप्रति कृतज्ञता व्यक्त गरेको छ। विद्यालयका प्रधानाध्यापक विष्णु कोइरालाका अनुसार काठमाडौँकी डंगोल […]
बिर्तामोड नगरपालिकाले लुटिएका सामग्री फिर्ता गर्न आग्रह

बिर्तामोड, भदौ ३१(पूर्व खबर) बिर्तामोड नगरपालिकाले हालैको आन्दोलनका क्रममा लुटिएका सामग्रीहरू तत्काल फिर्ता गर्न नगरवासीलाई आग्रह गरेको छ। नगरपालिकाले आज सार्वजनिक गरेको सूचनामा भदौ २३ र २४ गते ‘जेनजी’ समूहले गरेको आन्दोलनका क्रममा अवाञ्छित व्यक्तिहरूले नगरपालिका र वडा कार्यालयहरूबाट फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटपलगायतका सामान लुटेको भन्दै ती सामग्रीहरू इमान्दारीपूर्वक फिर्ता गर्न आग्रह गरिएको […]
एमाले विधान महाधिवेशन ः प्रतिवेदनमाथि समूहगत छलफल जारी

ललितपुर, २१ भदौ ः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर, गोदावरीस्थित सनराइज हलमा जारी दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथिको छलफल जारी रहेकाे छ । प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजनगरि छलफल शुरु गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाका अनुसार काेशी प्रदेशले समुहगत छलफल सकाएर प्रतिवेदन लेखन […]
सहारा साकोसले गर्यो रामचोकमा ३१औ जेष्ठ भवनको उद्घाटन

राजकुमार ओली: बिर्तामोड, १७ भदौ (रासस) झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा ३२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको सहारा जेष्ठ नागरिक भवनको उद्घाटन गरिएको छ। आज सोमबार बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईँले भवनको उद्घाटन गर्नुभएको हो । ६५ फिट लम्बाइ र ४० फिट चौडाइमा बनेको उक्त भवन रामचोक सामुदायिक वन समितिको जग्गामा निर्माण गरिएको हो […]
दमकमा श्रीकृष्ण प्राकट्य महोत्सव भव्य रूपमा सम्पन्न हुने मुख्यमन्त्री कार्की प्रमुख अतिथि, भदौ १ गते रथयात्राको तयारी

बिर्तामोड,२१ साउन: (रासस) झापाको दमकमा श्रीकृष्ण प्रणामी मन्दिरमा साउन ३१ गते रात्रीकालीन श्रीकृष्ण प्राकट्य महोत्सव–२०८२ भव्य रूपमा सम्पन्न हुने भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की कार्यक्रमका प्रमुख अतिथि रहने भएसँगै महोत्सवको तयारी पूरा भएको हो। कार्यक्रम बेलुका ९ बजेबाट राति १२ बजेसम्म सञ्चालन हुनेछ। धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको यस महोत्सवको तयारी […]
