इटहरीमा भदौ १५ गतेदेखि आयोजना हुने महिला उद्यमशीलता… प्रदर्शनीको तयारी अन्तिम चरणमा

0
SHARES
6
VIEWS

इटहरीमा भदौ १५ गतेदेखि आयोजना हुने महिला उद्यमशीलता प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ ।

उद्योग वाणिज्य संघ इटहरीको महिला समितिले आयोजना गरेको प्रदर्शनीको लागि ७५ वटा स्टलको निर्माण सम्पन्न भएको र व्यवसायीहरुको बुकिङ सकिएको जनाइएको छ ।

पूर्वी नेपालका विभिन्न जिल्लाका साथै मधेस प्रदेश र काठमाडौबाटसमेत स्टलहरुको सहभागिता रहने संयोजक मीना ढकालले जानकारी दिइन् । व्यवसायलाई गति दिनको लागि आर्थिक मन्दीका बीचमा पनि प्रदर्शनी गर्न लागेको संघका अध्यक्ष जीवन पराजुलीले बताए ।

उनले घरेलु उद्योगको विकासबाट मात्रै नेपालको आर्थिक विकास हुने र विश्वव्यापी मन्दीको असर पनि कम गर्ने बताउँदै प्रदर्शनीमा आउन र व्यवशायीहरुलाई प्रोत्साहित गर्न आग्रह गरेका छन् ।

प्रदर्शनीले उद्यमी महिलाहरुलाई बजारसम्म जोड्ने हुँदा महत्वपूर्ण रहेको कोषाध्यक्ष विजया प्याकुरेलले जानकारी दिइन् । खाद्यान्न, लत्ताकपडा, हस्तकलादेखि अन्य घरायसी सामाग्रीको उत्पादनहरुको प्रदर्शनी गरिनुका साथै सांगीतिक, सांस्कृतिक कार्यक्रम र मौलिक खानाहरु समेत प्रदर्शनीको आकर्षणका रुपमा रहने उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विष्णुनारायण डाँगीले जानकारी दिए ।

मेलामा रोजगारको लागि सहयोग गर्ने व्यवसायीको स्टल, स्वास्थ्य उपचारका लागि स्टलसमेत रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार