भूकम्पमा बाँचेकालाई बासगासको समस्या

0
SHARES
4
VIEWS

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१ का स्थानीय शुक्रबार राति (कार्तिक १७) मस्त निन्द्रामा थिए। जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर राति ११ बजेर ४७ मिनेटमा ६.४ रेक्टर स्केलको भूकम्प गयो।

जनावरहरु कराउन थाले। घरहरु एकाएक हल्लिएर ढले। भेरी नगरपालिका–१ रावत गाउँका चन्चल रावतको घरमा पनि क्षति पुग्यो। चट्याङ परेर जोगिएको घर भूकम्पले तहसनहस बनायो। चन्चलको परिवार घरबार बिहीन भयो।

चार जनाको परिवार भूकम्पबाट बाच्न त सफल भए। तर, घरभित्र रहेको खाद्यान्न समान तथा लत्ताकपडाहरु ढुङ्गाबाटोमै बिलाए।
चन्चल भन्छन्, ‘भित्र बस्ने ठाउँ छैन्। पहिला चट्याङ परेर क्षति गरेको घर अहिले भूकम्पले पूरै ध्वस्त बनाइदियो। संयोगले बाच्न सफल भयौँ। विपद्ले बेला–बेला झस्काई रहेको हामीलाई फेरी के हुने हो पत्तो छैन्। त्रास उत्तिकै छ। खुल्ला आकाशमूनी पाल टाँगेर चिसोमा बसेका छौँ।’

सोही गाउँकी रीता रावतको पनि पीडा उस्तै छ। उनका परिवारका सदस्यलाई भूकम्पबाट कुनै असर नगरे पनि बस्ने बाँस र खाने गासको चिन्ताको पिरलो छ।

‘राती मस्त निन्द्रामा भएको समयमा भुइचालो आयो। घर बेस्सरी हल्लियो। ढुङ्गा र दार टाउँको माथि खस्न थाले। त्यसपछि घर बाहिर निस्कियौँ। घर गल्र्याम ढल्यो,’ रिताले भनिन्। रीताको परिवार पनि अहिले पाल हालेर बाहिरै बसेका छन्।

यस्तै, भूकम्पले बढी क्षति गरेको भेरी नगरपालिका–१ रावत गाउँकै केशरी वि।क पनि खुल्ला आकशमूनी रात कटाउन बाध्य छिन्। केशरीको भूकम्पका कारण घर, शौचालय र घर भित्र रहेको अनाज तथा कपडाहरु पुरिएका छन्।

‘घरमा भएका एक गोरु पनि भूकम्पमा मरे। घरसँगै भएको कुटनपिसन (कुटेर/पिसेर खानका लागि तयार पारिएको खाद्यान्न) सबै पुरियो, के खाने, कहाँ बस्ने?’ केशरीले भनिन्, ‘भाडाकुडा पनि छैनन्। पाल हालेर बसेका छौँ। जाडोको समय छ। के गरि बस्ने हो। लूगा किन्ने पैसा छैन्।’

भूकम्प जाँदाको अनुभव सुनाउँदै उनले भनिन्, ‘राती घरबाट चिच्चाकलो गर्दै, चोटपटक लाग्दै निस्कियौँ। कान्छो छोरालाई चोट लाग्यो। म भाग्यले बाँचे।’ यस्तै, भेरी नगरपालिका–१ कै मानबहादुर विकको पनि भूकम्पले पूरै घर ध्वस्त बनाएको छ। नेपाली सेनामा कार्यरत मानबहादुरको भूकम्प परि ७० वर्षीया हजूरआमा र तीन वर्षको छोराको मृत्यु भएको छ। ‘म घर बाहिर थिए।

घरमा हजूरआमा, बुबा/आमा श्रीमति र छोरा थिएँ। श्रीमति र आमा र बुबा घाइते हुनुभयो। पापी भुकम्पले छोरा र हजूरआमाको ज्यान नै लियो।’ मानबहादुरका अनुसार उनको श्रीमति शर्मिला विक र आमा कौशिला कामीको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ। उनिहरुको होस अझै राम्रोसँग नआएको अस्पतालले जनाएको छ।

भेरी नगरपालिका–१ की शिवा वादीलाई पनि भूकम्पले घरबाट चौरको बास बनाएको छ। उनि भन्छिन्, ‘भूकम्पले घर भत्कियो। भएका कुकुरा र चार वटा बाख्रा मरे। बारीमा पाल टाँगेर बसेका छौँ। खाने केही पनि छैन्। राहत मिलेको सकिसक्यो।’ भूकम्प आउँदा आफुले झ्यालबाट हाम फालेर बचेको शिवाले बताइन्। उनले भनिन्, ‘कान्छो छोरो मोबाइल चलाएर बसेको रहेछ। हामी सबै सुतिसकेका थियौँ। भूकम्प आयो घर हल्लियो। भत्किन सुरु भयो। त्यसै बेला ब्युझियौँ। गाउँभरी होहल्ला थियो। झ्यालबाट हाम फालेर बाँच्न सफल भएँ। कान्छो छोरालाई चोट लाग्यो।’hamro pahucha bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार