चिया कफिको सम्भावनाको खोजीमा मन्त्रालय गम्भिर भएर लागेकोछ … कृषि सचिव डा लेखराज दाहाल

0
SHARES
3
VIEWS

राजकुमार अ‍ोली
विर्तामोड २० मसिंर
चिया क्षेत्रका समस्या र समाधानका बिषय सरोकारवालासँग गम्भिर बन्नुपर्ने सरोकारवालाहरुले बताएका छन ।
आज झापाको विर्तामोडमा गरिएको अन्तरक्रिया कार्यक्रममा चिया तथा कफीका सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन ।
राष्ट्रिय चिया तथा कफी विका स्थानीय सरकार, प्रदेश सरकार तथा सरोकारवालाहरुसँग संलग्न चिया सम्बन्धी समसामयिक बिषय बस्तुमा केन्द्रित अन्तरक्रिया भएको हो ।

कार्यक्रममा चिया मजदुर, ब्यवसायी, उद्योगका समस्या एकदमै ठूला भएकाले स्थानीय स्तरबाट मात्र समाधान नहुने भएकाले राज्यले नै हल गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको हो ।

कार्यक्रममा झापाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, चिया मजदुरका नेता तथा प्रतिनिधि, उद्योगी, ब्यवसायीले आ–आफ्नो समस्या र समाधानका बिषयमा आफ्ना भनाई प्रस्तुत गर्नूभएको थियो

अन्तरक्रिया कार्यक्रममा पूर्व मन्त्री जसमाया गजमेर, प्रदेश कृषि सचिव डा लेखराज दाहाल, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय उपाध्यक्ष भूपाल सापकोटा, नेपाल चिया बगान श्रमिक संघका केन्द्रिय अध्यक्ष दीपक तामाङ, भद्रपुर नगरका प्रमुख गणेश पोखरेल, हल्दिबारी गाउँपालिका प्रमुख रबिन्द्र लिङ्देन, मेचीनगर नगर प्रमुख गोपाल बुढाथोकीलगायतले चियामा देखिएका समस्या र समाधानका उपायहरुलाइ सहजीकरण गर्न सुझाव दिनुभएको हो

बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद भट्टराईको अध्यक्षतामामा भएको अन्तरक्रियामा कोशी प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत बोर्डका निर्देशक दीपक खनालले गरेको कार्यक्रमको सहजीकरण बोर्डको क्षत्रिय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले गर्दै चियाको हाजसम्मको बस्तुगत स्थिती बारेमा जानकारी गराउनुभएको थियो ।
चियामा देखिएका समस्या र आउने दिनमा गरिने समाधानका उपयिरुको विषयमा समेत प्रमुख अधिकारीले कार्यपत्र नै प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा चियाका समस्या समाधान गर्न आउने दिनमा अझ ससक्त भएर योजनाका साथ स्थानिय पालिकाहरुले सहजीकरण गर्न बचन समेत दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार