मध्यपहाडी अभियानमार्फत अवको बाटो हुलाकी राजमार्गमा केन्द्रित गर्न जरुरी …मात्रिका पौडेल

0
SHARES
8
VIEWS

गणतन्त्रको उपलब्धिमध्ये एउटा हो, लोकमार्ग । पञ्चायकालमा निर्मित राजमार्गहरु गणतन्त्रपछि एकाएक लोकमार्गमा परिणत भएका थिए । यद्यपि अहिले पनि बोलीचालीमा मध्यपहाडी राजमार्ग नै राम्रो सुनिन्छ ।

राजमार्गलाई लोकमार्ग भन्नु र राजकुमारलाई लोककुमार तथा राजेशलाई लोकेश भन्नु उस्तै उस्तै लाग्ने मलाई मात्र हो कि अरुलाई पनि ? यो प्रश्नको जवाफ भने यहाँ खोजिएको छैन । किनकि आजको चर्चा मध्यपहाडी राजमार्गमा चलिरहेको एमालेको ‘संकल्प यात्रा’बारे हो ।

ठीक एक वर्षअघि आमनिर्वाचनका क्रममा समेत देशका प्रायः सबै जिल्ला पुग्न नपाएका एमालेका शीर्ष नेता अहिले एकसाथ १ हजार ८५७ किलोमिटर दूरी पार गर्ने ‘लङ मार्च’मा छन् । झुलाघाटदेखि चिवा भञ्ज्याङसम्मको यो मध्यपहाडी राजमार्गको इन्जिनियरिङबारे अभियानमै रहेका एमाले नेताहरुले पनि बहस चलाइरहेका छन् ।

एमालेकै इन्जिनियरहरुबाट यसको पुनः रेखांकनको काम पनि भइरहेको छ । मध्यपहाडी राजमार्ग किन ‘एक्सप्रेस वे’ हुन सकेन ? कहाँ कहाँ लामो हुन गयो ? के कारण यो पूर्व पश्चिम महेन्द्र राजमार्ग जस्तो सलल बग्न सकेन ? यी धेरै प्रश्नको जवाफ पटक पटक सत्ताको नेतृत्व गरेको र निकट भविष्यमा पनि त्यो सम्भावना बोकेको दल एमालेले अवश्य खोज्ने नै छ ।

यो लेखमा आज मध्यपहाडी राजमार्गको प्रगति र यसका प्राविधिक पक्षबारे पनि चर्चा गर्न खोजिएको छैन । किनकि यो ‘जियोग्राफिकल एनालिसिस’सँग सम्बन्धित विषय हो । यस लेखमा एमालेले गरेको मध्यपहाडी राजमार्ग यात्राका केही राजनीतिक सन्देश र केही सांगठनिक तथा जनपरिचालनका विषयहरुबारे सामान्य चर्चा हुनेछ ।

मध्यपहाडी राजमार्ग किन ‘एक्सप्रेस वे’ हुन सकेन ? कहाँ कहाँ लामो हुन गयो ? के कारण यो पूर्व पश्चिम महेन्द्र राजमार्ग जस्तो सलल बग्न सकेन ? यी धेरै प्रश्नको जवाफ पटक पटक सत्ताको नेतृत्व गरेको र निकट भविष्यमा पनि त्यो सम्भावना बोकेको दल एमालेले अवश्य खोज्ने नै छ ।

मैले यसलाई ६ वटा बुँदामा समेट्ने प्रयास गरेको छु ।

१) जनता-नेता प्रत्यक्ष संवाद, स्थानीय समस्या उजागर

एमाले एक वर्षअघि सम्पन्न निर्वाचनको लोकप्रिय मतका आधारमा पहिलो र सीटका आधारमा दोस्रो ठूलो राजनीतिक दल भएकाले यो पार्टीका अध्यक्षसहित शीर्ष नेताको यो संकल्प यात्रा आफैंमा महत्वपूर्ण राजनीतिक अभियान हो ।

‘सम्बन्ध स्थानीय-सन्देश राष्ट्रिय’ भन्ने नाराका साथ झुलाघाटबाट शुरु भएको ‘सम्बृद्धिका लागि संकल्प यात्रा’का क्रममा एमालेका सबै शीर्ष नेताले मध्यपहाडका स्थानीयसँग प्रत्यक्ष अन्तरक्रिया र संवाद गरेका छन् । जनतासँग राजनीतिक दलले उनीहरु भएकै ठाउँमा पुगेर राष्ट्रिय विषयमा बुझाउने र स्थानीय विषय बुझ्ने अन्त्यन्त राम्रो तरिका हो ।

अहिले जनतामा राजनीति र नेताहरुप्रति व्याप्त निराशालाई चिर्ने सन्दर्भमा एमालेको यो ‘लङ मार्च’ कहीँ न कहीँ अर्थपूर्ण छ । नेताहरु लावालस्कर लिएर हात हल्लाउँदै हिँड्ने भन्दा पनि ठाउँ-ठाउँमा रोकिएर जनतासँग अनौपचारिक संवाद गर्ने शैली उत्कृष्ट छ ।

अझ बढी स्थानीय समस्या सुनेर नीति निर्माणमा पहल गर्नु प्रमुख प्रतिपक्षी दलको दायित्व पनि हो । एमालेले अब बाँकी रहेको यात्रामा स्थानीय सवाल बुझ्ने सन्दर्भमा अझ ध्यान दियो भने यो लङमार्च नेपाली राजनीतिमा पछिसम्म चर्चाको विषय बनिरहन सक्छ ।

२) राजनीतिमा विकास र समबृद्धिको एजेण्डा

‘समृद्ध नेपाल सुखी नेपाली’ नेकपा एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीको विगत ५ वर्षअघि देखिको मूल नारा हो । यो नाराको चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रशंसा गरेका थिए ।

एमालेले भन्ने गरेको अवरुद्ध भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा सफल पार्ने सन्दर्भमा यो मध्यपहाडी राजमार्गको यात्राले एजेण्डा स्थापित भने गरेको छ । राजनीतिक दलले आफ्ना अभियानमा राजनीतिक भाषणबाजी र गालीगलौजमात्र नभएर विकास र समृद्धिका एजेण्डा पनि जनतामा स्थापित गर्नुपर्छ ।

एमालेले भन्ने गरेको अवरुद्ध भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा सफल पार्ने सन्दर्भमा यो मध्यपहाडी राजमार्गको यात्राले एजेण्डा स्थापित भने गरेको छ । राजनीतिक दलले आफ्ना अभियानमा राजनीतिक भाषणबाजी र गालीगलौजमात्र नभएर विकास र समृद्धिका एजेण्डा पनि जनतामा स्थापित गर्नुपर्छ ।

विपक्षीको आलोचना त काठमाडौंका मञ्च र मिडियामार्फत पनि गरिएकै हुन्छन् । एमालेले यो यात्राका क्रममा देशको विकास र समृद्धिका बारेमा जनतालाई भन्न र बुझाउन सक्नुपर्छ । हाम्रो समृद्धिको यात्रा कहाँनिर ठहराबमा पर्‍यो भन्ने प्रस्ट पार्नुपर्छ । यो यात्राले एक हदसम्म राजनीतिमा विकास र समृद्धिको एजेण्डालाई सँगै लगेको छ ।

ठाउँ-ठाउँमा सबै राजनीतिक दलले लिखित रुपमा ओलीलाई जिल्ला र क्षेत्रका समस्या दर्शाउन ज्ञापनपत्र बुझाएका छन् । कांग्रेस, माओवादीका केन्द्रीय नेताहरुले अभियानकै क्रममा ओलीलाई स्वागत सत्कार गरेका छन् । यो भनेको राजनीतिमा फरक भए पनि विकास र समृद्धिका एजेण्डामा दलहरुबीच सहकार्यको राष्ट्रिय बहस पनि हो ।

३) अवस्थाबारे जनता जगाउने, व्यवस्था जोगाउने

पछिल्लो समय नेपाली समाजमा सर्वाधिक बहसमा रहेको विषय हो, अवस्था बदल्ने कि व्यवस्था ? एकथरीले अवस्था बदल्न राजनीतिक नेतृत्वले नसकेको दोष व्यवस्थामाथि थोपर्न नमिल्ने तर्क गरिरहेका छन् । अर्काथरीले यो व्यवस्था नै बदल्नुपर्ने भन्दै सडकदेखि सदनसम्म आवाज उठाइरहेका छन् ।

संविधानले संस्थागत गरेका गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता यी तीन पिलरमाथि आक्रमण भइरहेको छ । संविधानमाथि प्रहार गरेको आरोप खेपेको एमाले यसपटक व्यवस्था जोगाउने सन्दर्भमा अरु सबै दलभन्दा अग्र मोर्चामा देखिएको छ, त्यो पनि भौतिक रुपमै ।

अवस्थाको बारेमा जनतालाई जगाउने सन्दर्भमा सत्ता गठबन्धनप्रति आक्रामक सुनिएका ओली व्यवस्था जोगाउने सन्दर्भमा राजावादी वा जात धर्मका आधारमा अराजकता मच्चाउन खोज्नेहरुप्रति आक्रामक बनेको यो अभियानका क्रममा देखिएको छ । जिम्मेवार नेता र दलले व्यवस्था जोगाउन र अवस्थाबारे जनता जगाउन यस्ता खालका बृहत अभियान चलाउनु राम्रो हो ।

मध्यपहाडी यात्राका क्रममा पनि अध्यक्ष ओली राजतन्त्र पक्षधर विभिन्न प्रदर्शन तथा उत्तेजक अभिव्यक्तिहरुको विपक्षमा आक्रामक सुनिएका छन् । शासन सञ्चालन गर्नेको कमजोरीको दोष व्यवस्थालाई दिन नहुने भनेर उनले एक प्रकारले जनतालाई व्यवस्थाको पक्षमा जागरुक बनाउन खोजिरहेका छन् ।

अवस्थाको बारेमा जनतालाई जगाउने सन्दर्भमा सत्ता गठबन्धनप्रति आक्रामक सुनिएका ओली व्यवस्था जोगाउने सन्दर्भमा राजावादी वा जात धर्मका आधारमा अराजकता मच्चाउन खोज्नेहरुप्रति आक्रामक बनेको यो अभियानका क्रममा देखिएको छ । जिम्मेवार नेता र दलले व्यवस्था जोगाउन र अवस्थाबारे जनता जगाउन यस्ता खालका बृहत अभियान चलाउनु राम्रो हो ।

४) मध्यपहाडका समस्या समाधानबारे राष्ट्रिय बहस

अचेल नेपालको तस्विर हेर्ने हो भने ‘विकास गाउँमा, बसाइ शहरमा’ छ । विकेन्द्रीकरण र स्थायी सरकारका कारण गाउँ–गाउँमा विकासे काम भइरहेका छन् । पिच सडक बनिरहेका छन् । तर, ती सडकमा आवागमन गर्ने मानिस घट्दैछन् । विद्यालय भवन अत्याधुनिक बनेका छन् । तर, पढ्ने विद्यार्थी घट्दैछन् ।

मध्यपहाडका भौगर्भिक समस्यालगायत त्यहाँ मान्छेलाई रोक्ने उपायका बारेमा एमालेको यो मध्यपहाडी यात्राले अवश्य राष्ट्रिय बहस सिर्जना गर्नुपर्छ । मध्यपहाडमा बनाउने भनिएका १० वटा शहरको योजनाबारे चिन्तन हुनुपर्छ । समग्रमा मध्यपहाडको विकास तथा जनसांख्यिक असन्तुलनबारे ठोस नीति बनाउन एमाले नेतृत्वलाई यो यात्राले सन्दर्भ सामग्री दिनेछ ।

यात्राबाट फर्केपछि राष्ट्रियस्तरका राजनीतिक दलहरु, योजनाविद् तथा सरकारी निकायहरुबीच बृहत छलफल गर्नसक्छ । संसदमा मध्यपहाडका विषय उठाएर यसलाई राष्ट्रिय बहसको एजेन्डा बनाउन यो यात्रा कामयाब हुनुपर्छ ।

उसले यो यात्राबाट फर्केपछि राष्ट्रियस्तरका राजनीतिक दलहरु, योजनाविद् तथा सरकारी निकायहरुबीच बृहत छलफल गर्नसक्छ । संसदमा मध्यपहाडका विषय उठाएर यसलाई राष्ट्रिय बहसको एजेन्डा बनाउन यो यात्रा कामयाब हुनुपर्छ ।

५) हजारौं कार्यकर्ता, लाखौं जनता एकसाथ परिचालन

नेकपा एमाले संगठनात्मक शैली र परिचालनका हिसाबले देशकै उत्कृष्ट तथा व्यवस्थित राजनीतिक दल हो । अन्य दलले एमालेका संगठन संरचना, शैली र अभियानहरुलाई पछ्याउने गरेका छन् । पछिल्लो समय एमालेभित्र संगठनात्मक परिचालन ‘इन्भर्टेट पिरामिड’ शैलीमा भइरहेकोमा चिन्ता थियो ।

यस पटक एमालेले प्रदेश अधिवेशनमार्फत चलायमान बनेको पार्टी पंक्तिलाई मिसन ग्रासरुट र मध्यपहाडी संकल्प यात्रामार्फत एकै साङ्लोमा जोडेको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको भनाइअनुसार झुलाघाटदेखि चिवा भञ्ज्याङसम्मको करिब २ हजार किलोमिटर लामो यात्रामा (मध्यपहाडी राजमार्ग बाहिर पनि कतिपय ठाउँमा सभा हुँदैछन्) करिब २५ लाख जनतासँग प्रत्यक्ष र परोक्ष अन्तरक्रिया हुनेछ । त्यो २५ लाखभित्र आमजनता, समर्थक र कार्यकर्तासमेत पर्छन् ।

ठाउँ-ठाउँमा एमालेले गरेका आमसभामा दशौं हजारको उपस्थिति र साना कोणसभा तथा भेटघाटहरुमा समेत ठूलो संख्यामा मान्छे सहभागी भएका छन् । यस हिसाबले एकै पटक लाखौं जनता परिचालित भएको यो संकल्प यात्रा पछिल्लो अवधिमा सबैभन्दा ठूलो राजनीतिक अभियान हो भन्न सकिन्छ ।

६) पार्टीभित्र बलियो एकता प्रदर्शन, ओली निर्विकल्प

केपी ओली दृढ इच्छाशक्ति र अद्भूत आत्मबल भएका व्यक्ति हुन् भन्ने कुरा पटक पटक मिर्गौला प्रत्यारोपण र प्रतिकूल स्वास्थ्य बोकेको शरीरलाई दिनमा १८ घण्टा काममा खटाइरहेका छन् ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको भनाइअनुसार झुलाघाटदेखि चिवा भञ्ज्याङसम्मको करिब २ हजार किलोमिटर लामो यात्रामा (मध्यपहाडी राजमार्ग बाहिर पनि कतिपय ठाउँमा सभा हुँदैछन्) करिब २५ लाख जनतासँग प्रत्यक्ष र परोक्ष अन्तरक्रिया हुनेछ । त्यो २५ लाखभित्र आमजनता, समर्थक र कार्यकर्तासमेत पर्छन् ।

अहिले मिन पचासको जाडोमा उनी मध्यपहाडको १५ दिनभन्दा लामो यात्रामा निस्किएका छन् । पत्नी राधिका र औषधिको साथ छ । ओलीले चिकित्सक र राधिकाको रोकावटलाई समेत बेवास्ता गर्दै आफूलाई समकालीन नेताहरुमा सबैभन्दा सक्रिय र अन्तरक्रियात्मक रुपमा उभ्याइरहेका छन् ।

सामाजिक सञ्जालमार्फत जनतासँग संवाद गर्ने शैली उनको राम्रो छ । यो अभियानकै क्रममा पनि एमालेको निर्विकल्प नेतृत्वका रुपमा ओली नै अनुमोदन भएका छन् । विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङले भने जस्तै तत्काल कम्तीमा एक दशक ओलीको विकल्प एमालेले खोज्ने देखिन्न ।

ओली आफैंले २० सक्रिय रहने तर नेतृत्व भने उपयुक्त समयमा छाड्ने बताइरहेका छन् । एमालेको यो अभियानका क्रममा शीर्ष तहका सबै नेता र मझौला नेता कार्यकर्ताको समेत टोलीबीच बलियो एकतासमेत प्रदर्शन भएको छ । केपी ओलीको नेतृत्वमा एकताबद्ध एमाले आगामी राजनीतिक अभियानमा उत्रिएको छ भन्ने सन्देश यो मध्यपहाडी यात्राले पनि दिएको छ ।

ओलीकै नेतृत्वमा २०७४ मा गरिएको पूर्व पश्चिम राजमार्गको अभियानले मधेशमा अवरोधबीच संविधानको पक्षमा जागरण ल्याएको थियो । लगत्तै भएको निर्वाचनमा एमाले पहिलो पार्टी बन्यो ।

अहिले निर्वाचनको मौसम छैन । तर पनि एमालेले मध्यपहाडी अभियानमार्फत राजनीतिको अहिलेको कोर्ष परिवर्तनको आवश्यकता औंल्याएको छ । अब उसले अर्को अभियान तुलनात्मक रुपमा उपेक्षित भएको हुलाकी राजमार्गमा केन्द्रित गरोस् । यसले मधेशी जनतालाई राष्ट्रिय मूलधारमा ल्याउन सघाउनेछ ।

अन्तिममा, ओलीका पछिल्ला भाषण भूराजनीतिक चलखेलमा समेत केन्द्रित भएका छन् । उनले जनताकै बीचमा गएर सरकार चीनको सहयोग लिन डराइरहेको छ, पोखरा एयरपोर्ट सञ्चालन गर्न चाहिरहेको छैन भनेर पछिल्लो भूराजनीतिक असन्तुलनबारे मध्यपहाडबाट शक्ति राष्ट्रलाई प्रस्ट सन्देश दिएका छन् ।

एमालेको मध्यपहाडी संकल्प यात्राको सफलताको शुभकामना !nepalpress

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार