कार्की, बस्नेत र पुरनसिंह भुजेलको ६५ लाखको लगानीमा मिराकी रेष्टुरेन्ट सञ्चालन

0
SHARES
11
VIEWS

झापाको बिर्तामोड–२ चारपाने चोकबाट २.५ किलो मिटर दक्षिण राजगढ सडक खण्ड अन्तरगत चौबाटोमा स्थानीय तीनजना युवाले मिराकी रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याएका छन् ।

स्थानीय विशाल कार्की, विज्ञान बस्नेत र पुरनसिंह भुजेलको सयुक्त लगानीमा मिराकी रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।

विदेश बसेर काम गर्दै आएका तीनजना युवाहरूले आफ्नै देश, ठाउँमा केही गरौँ भन्ने उद्देश्य राखेर सञ्चालनमा ल्याइएको मिराकी रेष्टुरेन्ट सञ्चालनको छोटो समयमै सेवाग्रही हरुको चाहनालाई पुरा गर्दै व्यवसायिक सफलता तर्फ उन्मुख हुँदै आएको छ ।

ग्रामीण परिवेश, शान्त तथा पारिवारिक वातावरण रहेको मिराकीमा नेपाली, इन्डियन, चाईनिज लगायत विभिन्न परिकारहरू को स्वाद ग्राहक सेवाग्राहीले प्राप्त गरिरहेका छन् । बिरयानी, पर्क, चिकेन, मटन सेकुवा, होल चिकेन परिकार मिराकीको मुख्य परिकारमा पर्दछ ।

६५ लाखको लगानीमा सुरु गरिएको उक्त रेष्टुरेन्टले गरे के हुदैन, आफ्नै ठाउँमा व्यवसाय र रोजगारीको अवसर प्रदान गर्न सक्छ भन्ने एक उदाहरण प्रस्तुत गरेको छ । हाल ६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

५ कठ्ठा क्षेत्रफलमा फैलिएको मिराकीमा फरक फरक कटेज हरु निर्माण गरिएको छ । फूलबारी बगैंचा खुला वातावरणमा बसेर परिकारहरूको स्वाद पनि लिन सकिने छ । ५० जना अटाउन सक्ने सेमिनार हल र पारिवारिक कार्यक्रमहरू जन्मोत्सव, विवाह उत्सव जस्ता कार्यक्रम आयोजना गर्नको लागि मिराकी एक उपयुक्त स्थान रहेको सञ्चालक विशाल कार्कीले बताए ।

सेवाग्राहीको माग अनुसार परिकार थप गर्दै लाने र भौतिक संरचना पनि विस्तार गर्दै लाने सञ्चालक विज्ञान बस्नेतले बताए ।

मिराकीमा विभिन्न चाड पर्व र विशेष दिनमा सांगीतिक कार्यक्रम पनि आयोजना हुदै आएको छ । आउने जनवरी १ तारिकको दिन पनि सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिएको सञ्चालक पुरनसिंह भुजेलले बताए ।

परिकारमा सुलभ दर र विविध सुविधा प्रदान गर्दै आएको मिराकीले सेवाग्राहीको चाप बढ्दै गएकोले क्षेत्र विस्तार गर्ने योजना पनि गरेको छ । मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले रेष्टुरेन्टमा कार्यरत महिला कर्मचारीहरूलाई राजवंशी, सन्थाल लगायतका जातीय भेषभूषा लगाएर सेवाग्राही सपक्ष प्रस्तुत गराउने तयारी गरेको छ । जातीय पहिचान झल्काउने काम झापामा अरु कुनै रेष्टुरेन्टमा भएको छैन ।onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार