क्यान्सर पिडित कुसुम आलेलाइ विर्तामोडबासीले गरे सवा एक लाख सहयोग

0
SHARES
3
VIEWS

एकल विपन्न महिला कुसुम आले मगरलाई पाठेघरमा क्यान्सर भएपछि स्थानीय व्यापारीहरुले १ लाख २३ हजार ३ सय ४५ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

उपचारका लागि खर्च अभावमा रहेकी विर्तामोड ५की विपन्न ४६ वर्षीया मगरलाई बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्योपाने, सितल मिनी मार्केटका कुमार निरौला सहितको नेतृत्व टोलीले रकम सङ्कलन गरी हस्तान्तान्तरण गर्नूभएको हो

मिनी मार्केटमा आयोजित कार्यक्रमकाबीच आलेलाई उपचारका लागि सहयोग रकम प्रदान गरिएको थियो । सामान्य चिया पसल सञ्चालन गर्दै आउनुभएको मगरलाई क्यान्सर जस्तो प्राण घातक रोग लागेपछि उपचारमा आर्थिक अभाव सृजना भएको थियो । मगरलाई व्यवसायीहरुबाट संकलित ७६ हजार ३ सय ४५ रुपैयाँ र बीएण्डसी अस्पतालमा रहेको फार्मेसी मार्फत ४७ हजार रुपैयाँ सहयोग गरिएको हो ।सहयोग प्राप्त पछि ओलेले आफुहरुलाइ अव बाँच्न सक्ने विस्वास पलाएको बताउनुभएको छ ।

रकम हस्तान्तरणसँगै क्यान्सर रोगी मगरलाई सकेको सहयोग गरिदिन संघका बरिष्ठ उपाध्यक्ष न्यौपालेले सवैमा अनुरोध गर्नूभएको छ

। मगरको स्वास्थ्यमा गत भदौ महिनादेखि समस्या देखिएको थियो । शुरुमा रगत बग्ने समस्या देखिएको मगरले बताउनुभएको छ ।मगरलाइ एक महिना अघि स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा क्यान्सर भएको पत्ता लागेको हो

आफूसँग उपचारका लागि रकम नभएको र उपचारका लागि झण्डै ५ लाख रुपैयाँ लाग्ने भएपछि सबैसँग आर्थिक सहयोगका लागि अपिल गरेकी हुँ मगरले भनिन् ‘नवील बैंकमा रहेको मेरो खाता नम्वर १८९१००१७५००३१५ मा सहयोग गरिदिन म सबैलाई आग्रह गर्छु ।मगलले बताउनुभएको हो।

सहयोग रकम लिदै मगरले मनका धनिले सहयोग गरे आफनो उपचारमा सहयोग पुग्ने बताउनुभएको हो । मगरका एक छोरा र एक छोरी रहेका छन् । मगरका श्रीमानको केही वर्ष अघि निधन भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार