देउवा धोकेबाज भएको प्रचण्डको आरोप-ओली प्रचण्डको भेटघाट तीव्र

0
SHARES
6
VIEWS

२०८०, २१ फाल्गुन सोमबार

जनता टाइम्स
२० फाल्गुन २०८०, आईतवार २२:२६

657
Shares
facebook sharing button

यसिमा महत/काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका मुख्य घटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धोकेवाजको आरोप लगाउनु भएको छ । संक्रमणकालिन न्याय सम्बन्धी बिद्येयक र राष्ट्रिय सभा अध्यक्षको बिषयमा पहिला नै भइसकेको सहमति तोडेर देउवाले आफू धोकेवाज रहेको प्रमाण दिएको निश्कर्ष प्रधानमन्त्री दाहालले सुनाउनु भएको हो ।

सत्ता गठबन्धनबीच बिवाद चुलिएपछि संसदीय समितिबाट आज पारित गर्न तय गरिएको टिआरसी बिद्येयक रोकिएपछि प्रधानमन्त्री देउवासँग झस्किनु भएको हो । देउवासँग दुरी निकै बढेपछि प्रधानमन्त्री दाहालले एकै दिन दुई पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गर्नुभएको छ ।

पुस १० को घटनापछि एमालेलाई देखाएर अहिलेसम्म देउवालाई दवावमा पार्दै आउनु भएका प्रधानमन्त्री दाहाललाई पछिल्लो पटक देउवाले पनि कठोर बचनसहित जस्ताको तस्तै जवाफ फर्काएपछि अव गठबन्धन टुट्ने भयो भन्दै दाहालले आफूसहित पार्टीका बामगठबन्धनका पक्षधर नेताहरु लगाएर ओलीसँग बार्ता अघि बढाउनु भएको हो ।

बालवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहालले देउवा धोकेवाज रहेकोले बिकल्प खोज्नुपर्ने भन्दै बर्षमान पुन र जनार्दन शर्मालगायतका नेताहरुलाई एमालेका दोस्रो तहका नेताहरुसँग कुराकानी अघि बढाउन निर्देशन दिएर परिचालन गर्नुभएको थियो । प्रधानमन्त्रीको सोही निर्देशनपछि आजै दिउॅसो उपमहासचिव पुनले गठबन्धनमा गम्भीर समस्या देखिएको अभिब्यक्ति दिनुभएको हो ।

देउवालाई दवावमा राख्नकै लागि प्रधानमन्त्री दाहालले आज एमाले अध्यक्ष ओलीसँग दोस्रो पटक बार्ता गर्नुभएको स्रोतले बतायो । उहाँले आज बिहान मात्रै ओलीसँग छलफल गर्नुभएको थियो । साँझ पुनः आफैले टेलिफोन गरेर आमन्त्रण गरेपछि छलफलका लागि पार्टी नेताहरुलाई साथमा लिएर अध्यक्ष ओली बालुवाटारमा पुग्नुभएको हो । प्रधानमन्त्रीको सचिवालयले दुई नेताबीच टीआरसीको बिषयमा छलफल भएको बताएको छ ।

एमालेले टिआरसी विधेयकमा थप दुई प्रावधान राख्नुपर्ने अडान लिएपछि आजको बैठक विनानिष्कर्ष टुंगिएको थियो । साँझ पनि प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच टिआरसी विधेयकका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयको भनाई छ । ओलीसँगको छलफल चलिरहेकै बेला प्रधानमन्त्री दाहालले रास्वपाका सभापति रवि लामिछाने पनि बालुवाटार बोलाउनु भएको थियो ।

प्रधानमन्त्री दाहालसँगको छलफलपछि आइतबार साँझ एमाले मुख्यालयमा अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलसँग सो बिषयमा कुराकानी गर्नुभएको थियो । त्यसपछि महासचिव पोखरेललाईसमेत लिएर प्रधानमन्त्री निवास बालुबाटार पुग्नुभएका ओली र प्रधानमन्त्री दाहालबीच लामो छलफल भएको हो ।

राष्ट्रियसभा अध्यक्षको चुनाव नजिक आउँदै गर्दा एमाले र माओवादी नेतृत्वबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो समय नेपाली कांग्रेससँग असन्तुष्ट बन्दै आउनुभएका प्रधानमन्त्री प्रचण्डले केही दिनअघि मात्रै पनि काँध फेर्न सकिने भन्दै गठबन्धन फेरबदलको सन्देश दिनुभएको थियो । नेपाली कांग्रेसलाई राष्ट्रियसभाको अध्यक्ष दिन मञ्जुर माओवादी पछिल्लो समय आफ्नै दलबाट अध्यक्ष अघि सार्ने निर्णयमा पुगिसकेको छ ।

राष्ट्रिय सभा अध्यक्षको विषयलाई आधार मानेर माओवादी गठबन्धनलाई गलाएर अर्थमन्त्री आफ्नो पोल्टामा पार्ने कसरतमा रहेको चर्चा चलिरहेका बेला ओली–प्रचण्डको दुई भेटघाटले केही तरंग सिर्जना गरेको छ ।

दुई नेताबीचको भेटघाटकै बीच एमाले उपाध्यक्ष विष्णु पौडेल र बालुबाटारमा लामो भेटवार्तामा जुटेपछि माओवादी उपमहासचिव पुन पनि बालुवाटार पुग्नुभएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । माअ‍ोवादी नेता पुन कांग्रेस भन्दा एमालेसँग गठबन्धन गरेर अघि बढ्नुपर्ने अडानमा निरन्तर उभिदै आउनु भएको नेता हुनुहुन्छ ।Janatatimesbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार