सहारा पत्रकार उपचारकोषमा पत्रकारलाई नै विभेद

0
SHARES
65
VIEWS

नेपाल पत्रकार महासङ्घ झापाले स्थापना गरेको उपचार कोषमा विभेद गरिएको भन्दै सञ्चारकर्मीहरुले गुनासो गरेका छन्।

आज सोमबार नेपाल पत्रकार महासङ्घ झापा शाखाले कोषमा सहयोग गर्ने दाताहरूलाई सम्मान गर्न लागेकै समयमा यस्तो गुनासो बाहिर आएको२०७३ साल मा संचारकर्मीहरूको उपचार र अन्य समस्यामा सहयोग गर्ने लक्ष्यका साथ स्थापना गरिएको पत्रकार सहारा उपचारकोषमा एक करोड रुपैयाँ जम्मा भएको छ ।

सहारा नेपाल साकोसले सञ्चारकर्मीको लागि भन्दै रु ५ लाख सहयोग गरेर सुरु गरिएको उपचारकोषलाई पत्रकार सहारा उपचार कोष नाम राखी नेपाल पत्रकार महासंघ झापा शाखा अघि बढेको हो।
तर झापा शाखामै रहेका सञ्चारकर्मीहरुलाई विभेद गरिएकोमा आफूहरुलाई अन्याय भएको पूर्व जिल्ला कार्य समिति सदस्य गुनासो गर्नुभएको छ। त्यस्तै उपचारकोषमा लामो समयसम्म लागिपरेका सञ्चारकर्मी धर्मेन्द्र भट्टराई मामाले कोषले सन्चारकर्मीहरुको अपतकालिन उपचार तथा भौपरी आउने जोखिममा महत्वपुर्ण भुमिका खेल्न सक्ने ठानेर नै आफुहरुले भुमिका खेलेको तर केही समय देखि नेपाल पत्रकार महासघंको सदस्यताको विषयमा नेपालभर व्यापक छलफल र बहसहरु भैरहेको तथा केही विवादहरु देखिएकोले त्यस्ता विवाद र समस्याले झापा शाखामा योगदान पुराएका सदस्यहरुलाइ विभेद हुन सक्ने विषय गम्भिर बन्न जरुरी रहेको र आउने दिनमा कोषमा कुनै समस्या आए बसेर छलफल गर्दै अघि बढनुको विकल्प नभएको बताउनुभएको छ ।

आफुले समेत लामो समय झापा शाखामा रहेर सेवा गरेको स्मरण गराउदै कोषमा योगदान पुराउने लाइ विभेद गर्न नहुने र केन्द्रबाट कुनै पनि समस्या आएको खण्डमा समेत झापा शाखाले शुरु गरेको कोषमा अन्य जिल्लाको हस्तक्षेपलाइ झापामा नै वसेर सहजीकरण गर्न जरुरी रहेको बताउनुभएको छ ।

पछिल्लो समय झापा शाखाका पुराना ५० जना धेरैको सदस्यता नविकरण भएको छैन र ति सन्चारकर्मीहरुलाइ यो कोषबाट विभेद हुनसक्छ कि भनि चिन्ता थपिएको छ ।

झापा लगायत नेपालभरका विभिन्न संघसंस्था र मनकारी मनहरूसँग सहयोग माग्दै उपचारकोषमा एक करोड रुपैयाँ जम्मा गर्न सकिएकोमा खुसी लागेको पूर्व अध्यक्ष भीम नेम्बाङले बताउनुभयो।
आफू अध्यक्ष भएको समयदेखि नै यो अभियान सुरु गरेर आज एक करोड पुग्दा गर्व लागेको नेम्बाङ बताउनुहुन्छ

आठ वर्षअघि संघले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’मा उक्त रकम जम्मा भएको हो । विभिन्न दाताहरुको सहयोगबाट कोषमा एक करोड पुगेको छ । कोषमा दान गर्ने दाताहरुलाई आज एक विशेष समारोहका बीच महासंघ झापा शाखाले सम्मान गर्दैछ ।

दानकताहरुलाई पूर्व राष्ट्रपति डा. रामवरण यादवले सम्मान–पत्र प्रदान गर्नेछन् । सोही अवसरमा स्तरोन्नति गरेको महासंघको भवनको उद्घाटन समेत गरिने भएको छ । पत्रकारको उपचारमा सहयोग पु¥याउने उद्देश्यले वि.सं. २०७३ पुस १६ गते कोष घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार