इलाम २ मा खड्का अगाडि-पछ्याउँदै सुहाङ

0
SHARES
2
VIEWS

इलाम-२ को मतगणना जारी छ ।

इलाम बजार स्थित गाैतमबुद्व सभा गृहमा करिव १२ वजेदेखि सुरू मतगणनाकाे पहिलाे चरणकाे प्रारम्भिक मत परिणाम आएको छ ।

अहिले भर्खरै प्राप्त जानकारी अनुसार नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्बाङकाे ६५७ , नेपाली कांग्रेसका डम्बर खड्का ५३४ , रास्वपाका मिलन लिम्बू ११५, पहिचानवादी समुहका डकेन्द्रसिंह थेगिमले १८७ पहिलाे चरण मत ल्याएका हुन् ।

अहिले फाकफोकथुम गाउँपालिका वडा नम्बर १ काे मतगणना भइरहेकाे छ ।

फाकफोकथुमकाे वडा नम्बर १ मा ४ केन्द्र छ भने कुल मतदाता एक हजार ५३९ जना छन् ।

त्यस्तै वडा नम्बर २ मा ३ केन्द्र छन् । जस्काे कुल मतदाता एक हजार २८८ जना रहेका छन् ।

इलाम-२ मा शनिबार सम्पन्न उपनिर्वाचनमा ६९ हजार २८७ मत खसेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार