दमकमा चार वटा प्राविधिक विषयमा पढाइ गर्न नयाँ प्रशिक्षण केन्द्र खुल्ने भएको छ । दमक बहुप्राविधिक शिक्षालय स्थापना गरेर यहाँबाट प्रत्येक तीन वर्षमा १ सय ९२ जना नयाँ प्राविधिक उत्पादन गरिदैछ ।
पछिल्लो समय प्राविधिक शिक्षामा सबैको चासो र आकर्षण समेत बढ्न थालेपछि दमकमा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद अर्थात सिटिइभिटी अन्तर्गतको शिक्षालय खुल्न लागेको हो ।
दमककालागि चार वटा विषय अध्यापन गराउँन स्विकृत भइसकेको शिक्षालयका प्राचार्य ठाकुर भट्टराईले जानकारी दिनुभयो ।
‘सिभिल इन्जिनियर, अटो मोवाईल, रेफ्रि जेरेसन एण्ड इयर कण्डिसन र मेकानिकल विषय पढाउँन सिटिइभिटि सानोठिमीबाट स्विकृत भइसकेको छ । ’ प्राचार्य ठाकुरले उज्यालो खवरसँगको कुराकानीमा जानकारी दिनुभयो ।
यहाँबाट दमक सहित यस क्षेत्रमा आवश्यक पर्ने केहि प्राविधिक जनशक्तिको अभावलाई टार्ने अपेक्षा गरिएको छ ।
सिलान्यास गर्न पूर्व प्रधानमन्त्री आउनुहुदै
यो बहुप्राविधिक शिक्षालय सिलान्यास आगामी सुक्रबार अर्थात माघ २० गते हुँदै छ । दमक ४ स्थित अर्नाखाडीमा बन्ने यो शिक्षालयको सिलान्यास गर्न पूर्व प्रधानमन्त्री केपि शर्मा ओली आउँदै हुनुहुन्छ ।
नेकपा एमालेका अध्यक्ष समेत रहनु भएका ओली भोली बिहिबारदेखि बिराटनगरमा सुरु हुने कोशी एक्स्पोको उद्धघाटनमा आउँदै हुनुहुन्छ ।
भोली बेलुका उहाँ दमकमानै आएर बस्ने र पर्सी अर्थात सुक्रबार सिटिइभिटीको सिलान्यास गरेर काठमाडौ फर्कने कार्यसुचि रहेको यही क्षेत्रका प्रदेश सभा सदस्य होम बहादुर थापाले जानकारी दिनुभयो ।
ओली यो क्षेत्र अर्थात झापा पाँचको निर्वाचित प्रतिनिधिसभाको सदस्य समेत हुनुुहुन्छ ujjalobata
Discussion about this post