शंखमुलस्थित बबिन्स कफी हाउसको छतबाट खसेर मृत्यु भएका सरोजकुमार उपाध्यायले ‘आत्महत्या’ गरेको पाइएको छ।
शंखमुलस्थित बबिन्स रेस्टुरेन्टको झन्डै पाँच फिट अग्लो रेलिङ रहेको रेस्टुरेन्टको टेबलमाथि चढेर उनी हाम फालेको देखिएको अनुसन्धानले देखाएको हो।
अनुसन्धान अधिकृतहरूले उक्त घटना दुर्घटनाभन्दा पनि नियतवश: भएको देखिएको बताए।
‘उहाँ लगातार तीन दिनदेखि सोही रेस्टुरेन्टमा जाने गरेको समेत रहस्य खुलेको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले भने।
उनका अनुसार उपाध्याय गत मंगलबारदेखि बबिन्समा जाने गरेका थिए। उनी बिहान १० बजे त्यहाँ पुग्ने गरेका थिए।
लगातार बबिन्समा जाने गरे पनि उपाध्यायले केही कुरा गर्दैनथिए। कफी र चुरोट मगाउँथे।
शनिबार दिउँसो उपाध्याय सवा २ बजे उनी बबिन्स क्याफेको छैटौं तलाबाट हामफालेका थिए। त्यसअघि उनले एक प्लेट म:म: मगाएर खाएका थिए।
क्याफेबाट निस्किँदा उपाध्यायले वेटरलाई ‘टिप्स’ दिएर फर्किने गरेका थिए।
‘उहाँलाई के समस्या थियो भन्ने कुरा खुल्न बाँकी नै छ,’ कार्कीले भने।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ एवम् सोही पार्टीका केन्द्रीय सदस्यसमेत रहेका उपाध्यायको आर्थिक अवस्था त्यति नाजुक नभए पनि ‘पारिवारिक समस्यामा’ हुन सक्ने प्रहरीकोआFकलन छ।
उनी शनिबार रेस्टुरेन्टको छतबाट खसेपछि गम्भीर घाइते भएका थिए। स्थानीयले उनलाई सुरूमा सिभिल अस्पतालमा पुर्याएका थिए। त्यहाँ उपचार हुन नसकेपछि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमामा पुर्याउँदा उनको निधन भएको थियो।
उपाध्यायले टेबलमाथि चढेर होटलको छतबाट हाम फालेको देखिएको कार्कीले जानकारी दिए।
तर, खम्बरमा टाँगिएका तारमा अल्झेर मात्रै उनी भुइँमा बजारिएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी एसएसपी कार्कीले दिए।
उपाध्याय पेशाले इन्जिनियर हुन्। उपाध्याय पछिल्लो समय नेकपा एकीकृत समाजवादीको राजनीतिमा सक्रिय थिए।nabapath bata
Discussion about this post