भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले राष्टहित विपरित कुनै पनि सन्धि सम्झौता नगर्न, नेपाल खेलकुद महासघंका अध्यक्ष पर्शूराम बस्नेतले अनुरोध गर्दै कुनै राष्टहित काम गरे कडा प्रतिकारमा उत्रिने चेतावनी दिनुभएको छ.
आज नुवाकोटमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बस्नेतले भारतले नेपालको भुभाग समेटेर नक्सा निकालेको मा पनि खेद प्रकट गर्दै आपत्ति जनाउनुभएको छ ।
आज शुक्रवार नेपाल खेलकुद महासघं नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनलाइ सम्वोधन गर्नूहुदै केन्द्रिय अध्यक्ष बस्नेतले ,लिम्पियाधुरा,कालापानी र लिपुलेक नेपालको आफ्नै भुभाग भएकोले भारतलाइ दावी छोडन अनुरोध गर्दै नेपालका केही भुभाग समेटेर नक्सा जारी गरिएका खवरलले नेकासको गम्भिर ध्यानाकर्षण भएको बतउनुभएको छ ।
नेपालका समसमामुयिक बिषयमा आज पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले यस्तो धारणा राख्नुभएको हो ।
पत्रकार सम्मेलनलाई नेपाल खेलकुद महासंघको केन्द्रिय अध्यक्ष कमरेड पर्शुराम बस्नेत सहित केन्द्रिय नेताहरुले सम्वोधन गर्नूभएको प्रचार विभाग प्रमुख,तथा प्रवक्ता तिर्थ बहादुर खड्काले जानकारी दिनुभएको छ ।
Discussion about this post