नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्री पदमा प्रस्ताव गर्ने बताएका छन्।
गगन थापालाई काठमाडौं-४ बाट निर्वाचित भएकोमा बधाई दिँदै शर्माले फेसबुकमा उनको फोटो राख्दै लेखेका छन्- ‘जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ।’
गगन थापाले प्रतिनिधिसभाको निर्वाचनअघिदेखि नै आफू संसदीय दलको नेतामा लड्ने बताउँदै आएका छन्। कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने चलन छ। विश्वप्रकाशले थापालाई यसमा साथ दिने उल्लेख गर्दै आएका छन्।
शर्मा पनि यसपटक झापा-१ बाट निर्वाचित हुने प्रबल सम्भावना छ। यो समाचार तयार पार्दासम्म विश्वप्रकाश २३ हजार ३८५ मतसहित एमालेका अग्नि खरेल भन्दा अगाडि छन्।विश्वप्रकाश सांसद चुनिएको अवस्थामा उनले थापालाई संसदीय दलको नेतामा प्रस्ताव गर्न पाउनेछन्।aamsancharbata
Discussion about this post