एनएमसी झापाको ३०औं वार्षिक साधारणसभा सम्पन्न

0
SHARES
9
VIEWS

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको ३०औं वार्षिक साधारणसभा आजबाट सम्पन्न भएको छ ।

संस्थाले मंसिर १० गते प्रतिवेदन सार्वजनिक गरेर सुरुवात गरेको साधारणसभा प्रक्रिया अन्तरगत मंसिर १८ गतेदेखि ६ वटा एकाईका ५४ सेवा केन्द्रहरुमा उपएकाइगत साधारणसभा सम्पन्न गरी आज अन्तिम माइन्युट प्रमाणिकरण सभा गरेको हो ।

प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री ओमनप्रकाश सरावगीको प्रमुख आतिथ्यमा बिर्तामोडमा माइन्युट प्रमाणित साधारणसभा सम्पन्न भएको हो । सो अवसरमा मन्तब्य राख्दै मन्त्री सरावगीले ‘प्रदेशका मन्त्रीहरुलाई वडाध्यक्षको जति पनि अधिकार नदिइएको र बजेट पनि सिलिङ तोकेर दिइने गरेकाले भनेजति काम गर्न नसकेको’ गुनासो गरे ।

‘म मन्त्री भएको १० महिना जति भयो, अब १०–१५ वा २० दिनसम्म रहुँला । यो अवधिमा धेरै केही गर्न पाइएन, बजेट पनि थिएन, कर्मचारी पनि थोरै’ मन्त्री सरावगीले भने ‘तर सहकारी अभियान सफल भएको हेर्न चाहाने मानिस भएकाले मन्त्रालयबाट नियमित अनुगमन गरेर सहकारी संस्थाहरुलाई प्रवद्र्धन गर्न आवश्यक छ ।’

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश कृषि मन्त्रालयका प्रवक्ता, वरिष्ठ प्रवन्धक पशुपति पोखरेलले साधारणसभाको यो लामो प्रक्रिया सुशासनको एउटा उदाहरण पनि भएको बताए । उनले सहकारीलाई नेटवर्कको संज्ञा दिँदै नयाँ कार्यक्रमहरु प्रस्तुत गरेर सदस्यहरुमाझ सेवा प्रवाह गर्न अभियान सधैं सफल हुनेमा विश्वस्त रहेको बताए ।

सहकारी पसलबाट सदस्यले उत्पादन गरेका कृषि उपजहरुलाई बिक्री वितरण व्यवस्था मिलाउन ढिला भइसकेको सुझाउँदै पोखरेलले एनएमसीले पछिल्लो समय सुरु गरेका नयाँ व्यवसायहरुबाट नाफा खोजिहाल्ने बेला नभएको प्रष्ट पारे ।

सो कार्यक्रममा झापा जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता रोक्काले आफू पनि एनएमसीको सदस्य रहेकाले यसले सञ्चालन गरेका हरेक क्रियाकलापमा निरन्तर सहभागी हुने गरेको बताइन् । संस्थाले महिलाहरुको उत्थानका लागि सदस्य संख्या बढाउने र सशक्तिकरणका अनेकन अभ्यासहरु जारी राखेको बताइन् ।

साधारणसभा प्रमाणिकरण सभाले संस्थाको नयाँ नेतृत्व चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । संस्थाका पूर्व सञ्चालक तथा राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटीको संयोजकत्वमा मेची बहुमुखी क्याम्पसका पूर्व प्रमुख टिका प्याकुरेल र रेडक्रसकर्मी लोकराज ढकाल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको हो ।

सो अवसरमा संस्थाका ६ जना कर्मचारीहरु नगद पुरस्कारसहित सम्मानित भएका छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती र सञ्चालक सदस्य ठाकुरप्रसाद शिवाकोटील पालैपालो सञ्चालन गरेको औपचारिक कार्यक्रममाझ साधारणसभाको माइन्युट प्रमाणित गरिएको थियो ।

उक्त कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष रामचन्द्र उप्रेती र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक विष्णुप्रसाद गौतमले वाचन गरेका थिए । ती प्रतिवेदनहरु एकाई साधारणसभाहरुमा पनि वाचन गरी सदस्यहरुमाझ छलफल गरी सुझाव संकलन भइसकेको थियो ।onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार