ओली वंश समन्वय समिति नेपालको साधारणसभा तथा गोठधुप कार्यक्रम सम्पन्न

0
SHARES
15
VIEWS

ओली वंश समन्वय समिति नेपाल जिल्ला कार्य समिति झापाको १३ औं साधारणसभा तथा गोठधुप कार्यक्रम सम्पन्न भएको छ ।

आज शनिबार बिर्तामोड स्थित आर्दश व्यङक्वेटमा भएको कार्यक्रममा बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

ओली वंश समन्वय समिति नेपालको उपाध्यक्ष उमेशचन्द्र ओलीको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष भवानी ओलीको अध्यक्षतामा भएको कार्यक्रममा प्राविधिक क्षेत्रतर्फ डा. रबिन्द्र ओली, पदम ओली, जेष्ठ तर्फ देवीप्रसाद ओली, कमलादेवी ओली, लयप्रसाद ओली कुल पुजारीलाई सम्मान समेत गरिएको थियो ।

भवानी ओलीले अध्यक्षको र कोषाध्यक्ष यादव ओलीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत जिल्ला उपाध्यक्ष निरज ओलीले गरेका थिए ।

कार्यक्रममा ओली वंश समन्वय समिति जिल्लाको अक्षयकोषका संयोजक मोहन ओली, समितिका केन्द्रिय सल्लाहकार रोमनाथ ओली, केन्द्रिय महासचिव उमानाथ ओली, केन्द्रिय संरक्षकद्धय नारायणप्रसाद ओली र सरोजकुमार ओली लगायतले शुभकामना मनतब्य राखेका थिए । कार्यक्रमको सञ्चालन समितिका जिल्ला सचिव राजेन्द्र ओलीले गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार