हाम्रो नेपाल साकोस नेपालकै उत्कृष्ठ ३०० वटा सहकारीको सूचिमा ,झापामा ११ सहकारी उत्कृष्ठ

0
SHARES
22
VIEWS

राष्ट्रिय सहकारी महासंघले सार्वजनिक गरेको देशभरबाट छानिएका ३०० वटा सहकारीको सूचिमा झापाको हाम्रो नेपाल साकोस पनि परेको छ । देशभरका २८ हजार ५८६ सहकारी संस्थाहरु मध्येबाट झापाका ११ वटा संस्था सो सूचीमा परेको जनाइएको छ ।
आइतवार साँझ हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भवानीप्रसाद दंगालले सो खुसी सार्वजनिक गर्नूभएको हो । । संस्थाको वार्षिक साधारणसभा पुस ४ गतेदेखि एकाईस्तरमा ६ ठाउँमा गर्ने तयारी छ भने पुष २३ गते माइन्युट प्रमाणित गर्ने कार्यसूचि बनाइएको छ ।

पत्रकार सम्मेलनमा संस्थाको मुख्य कार्यालयका अधिकृत कर्मचारी ज्योति पराजुलीले संस्थाको वित्तीय झलक तथा कार्यप्रगति विवरण प्रस्तुत गर्नूभएको थियो । । उहाँका अनुसार ५ वटा गाविसलाई कार्यक्षेत्र बनाएर सुरू गरिएको संस्था अहिले झापा, इलाम र मोरङ जिल्लामा कार्यक्षेत्र विस्तारित भएको छ ।

संस्थाको सेयर पूँजी १७ करोड २२ लाख ९१ हजार पुर्याइएको छ भने निक्षेप ९० करोड ५१ लाख २८ हजार संकलन भएको छ । संस्थामा २४ हजार ९६३ जना सेयर सदस्य र ६ हजार ३९८ जना बाल बचतकर्ता रहेको २०७९ असार मसान्तको तथ्याङ्क छ ।

साकोसले आफ्ना ५ हजार २७४ जना सदस्यहरुलाई १ अर्ब ७१ करोड ८८ लाख १३ हजार रुपैयाँ ऋण प्रवाह गरेको छ भने विभिन्न बैंक तथा सहकारीहरुमा संस्थाले ५४ लाख ६२ हजार ६०० रुपैयाँ लगानी गरेको छ । हाम्रो नेपाल साकोसले लिएको बाह्य कर्जा ७७ करोड ५ लाख रुपैयाँ रहेको छ भने समीक्षा वर्षमा ४६ लाख २ हजार रुपैयाँ सञ्चालन मुनाफा भएको विवरण सार्वजनिक गरिएको छ ।

संस्थाका अध्यक्ष दंगालले सामाजिक क्षेत्रमा गरिएको योगदान बारे जानकारी दिँदै सुत्केरी सुविधा, बच्चाको जन्म दिनको उपहार, मृत्यु राहत सुविधा, ऋण मिनाहा गरी करिब ३१ लाख रुपैयाँ प्रदान गरिएको बताउनुभएको छ।
यस्तै संस्थाले बितेको आर्थिक वर्षमा मात्र श्रद्धाञ्जली र समवेदनामा १७ लाख ३० हजार रुपैयाँ खर्च गरेको छ ।

आर्थिक वर्ष २०७८र०७९ को वासलात १ अर्ब ९२ करोडको बनाएको संस्थाको कोष रकम १२ करोड पुर्याइएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभावका बीचमा पनि गत असार मसान्तमा हाम्रो नेपाल साकोसको तरलता प्रतिशत १४ दशमलव ५८ रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार