कांग्रेस संसदीय दलको निर्वाचन निर्धारित समयभन्दा ४५ मिनेट ढिला सुरु

0
SHARES
10
VIEWS

कांग्रेस संसदीय दलको निर्वाचन निर्धारित समयभन्दा ४५ मिनेट ढिला सुरु भएको छ । मतदान गर्दा साथमा मोबाइल लैजान नपाउने सहमति भएसँगै मतदान सुरु भएको हो ।

बिहान ८ बजेदेखि १० बजेसम्म सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको व्यवस्था गरिएको थियो तर मतदानका क्रममा सांसदलाई मोबाइल साथमा लैजान दिने वा नदिने भन्ने विषयमा विवाद हुँदा निर्धारित समयसमा निर्वाचन सुरु हुन नसकेको हो ।

अहिले बिहान ८:४५ बजेबाट मतदान सुरु भएको छ । निर्वाचन समितिमा रहेका निर्वाचन समिति संयोजक सह-महामन्त्री भीष्मराज आङ्देम्बे र पुष्पा भुसाल मोबाइल लान दिनुपर्ने पक्षमा थिए भने निर्वाचन समिति सदस्य ईतर समूहका प्रकाश रसाइली स्नेही मतदान गर्दा मोबाइल साथमा लैजान नहुने पक्षमा थिए। यहि विवादले गर्दा बिहान ८ बजे देखि सुरु हुने भनिएको मतदान निर्धारित समयमा सुरु हुन सकेन ।

संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ । यस निर्वाचनका पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले मात्र मतदान गर्न पाउँछन् ।

सभापति देउवाको उम्मेदवारीको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का हुन् । यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल हुन् nayapatrikabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार