लिङ्देनसँग अमेरिकी राजदूतको चासो

0
SHARES
67
VIEWS

अमेरिकी राजदूत डिन आर थोम्प्सनले सरकार गठनबारे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग चासो राखेका छन् । बुधबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शिष्टाचार भेटका लागि पुगेका राजदूत डिनले अब बन्ने सरकारमा राप्रपाको सहभागिताबारे चासो राखेका छन् । अघिल्लो साता चिनियाँ कार्यवाहक राजदूतले पनि लिङ्देनसँग शिष्टाचार भेट गरेका थिए ।

स्रोतका अनुसार लिङ्देनले राप्रपालाई सरकारमा सहभागी हुने म्यान्डेट नरहेको जवाफ दिएका थिए । उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताले मुलुकलाई अस्थिरता र संकटतर्फ लगेको भन्दै यसको विकल्प राप्रपाले प्रस्तुत गरेको बताएका थिए । जनमतबाटै राप्रपाले आफ्ना एजेन्डा कार्यान्वयन गर्ने पनि लिङ्देनको भनाइ थियो । ‘राप्रपाका समग्र एजेन्डा, सरकार निर्माण, सरकारमा राप्रपाको सहभागिताका विषयमा राजदूतले चासो राख्नुभयो, अध्यक्ष लिङ्देनले सबै विषयमा विस्तारपूर्वक पार्टीका धारणा प्रस्तुत गर्नुभयो,’ राप्रपा स्रोतले भन्यो, ‘जनताको म्यान्डेटअनुसार राप्रपा सरकारमा सहभागी हुँदैन । यो कुरा कूटनीतिक रूपमा हामीले भन्यौँ ।’

भेटमा सहभागी राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार करिब एक घन्टा लामो कुराकानी भएको थियो । ‘भेटमा राजदूतले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएकोमा र हालैको निर्वाचनमा राप्रपालाई प्राप्त उपलब्धिमा बधाई दिनुभयो,’ श्रेष्ठले भने, ‘भेटका क्रममा समसामयिक विषय र दुईपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।’ दूतावासका उपनियोग प्रमुख ज्यासोन पी मिक्स र कन्सुलर मार्क टेम्पर पनि भेटवार्तामा सहभागी थिए nayapatrikabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार