कनकाईका महिलालाई प्रयोगात्मक अभ्याससहित प्रशिक्षण

0
SHARES
2
VIEWS

बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नं. ७ वडा कार्यालयको आयोजनामा पाँच दिवसिय उद्घोषण तथा लेखन तालिम बुधबारबाट शुरु भएको छ ।
कनकाई नगरपालिका वडा नं. ७ मा गठन गरिएका टोल सुधार समितिमा आवद्ध महिलाहरुलाई निर्धक्कसंग वोल्न तथा कार्यक्रम सञ्चालन गर्न सक्षम बनाउने उद्धेश्यले उद्घोषण तथा लेखन तालिमको आयोजना गरिएको वडा सदस्य अरुणा सुव्वाले बताइन् ।
कनकाई –७ का वडाध्यक्ष भिष्मभुषण सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य अरुणा सुव्वाले स्वागतसहित औचित्यमाथी प्रकाश पारेकी थिइन् । कार्यक्रममा वडा सदस्य भगन टुडु, कार्यपालिका सदस्य हरिलाल खवासर , ईश्वरी शिवाकोटीलगायतको आतिथ्य रहेको थियो ।
पाँच दिनसम्म सञ्चालन हुने उद्घोषण तथा लेखन तालिमको प्रशिक्षकमा बिर्ताज्योति तुलसीप्रसाद निरौला रहेका छन् । कनकाई नगरपालिका वडा नं. ७ मा गठन गरिएका टोल सुधार समितिमा आवद्ध ३३ जना महिला र जनप्रतिनिधीसहित ३५ जनाको सहभागिता रहेको र उनीहरुलाई उद्घोषण कलाका विविध पक्षबारे प्रयोगात्मक अभ्याससहित प्रशिक्षण दिइने प्रशिक्षक निरौलाले बताए ।
कार्यक्रमको सञ्चालन कनकाई –७ का वडासदस्य निर्मल आङथुपोले गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार