दोस्रो कनकाई भेट्रान कपको तयारी पुरा

0
SHARES
10
VIEWS

झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेल मैदानमा हुने दोस्रो कनकाई भेट्रान कपको तयारी पुरा भएको आयोजक समिति कनकाई भेट्रान क्लवले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।

क्लवका अध्यक्ष श्यामकुमार राईले प्रतियोगिताको तयारी पुरा भइसकेको र प्रतियोगिता सम्पन्न गर्न कुल ६ लाख २२ हजार रुपैँया खर्च हुने अनुमान गरिएको समेत जानकारी दिनुभयो । जसमा प्रथम पुरस्कार १ लाख १ हजार रुपैँया कनकाई नगरपालिकाबाट प्राप्त हुने र दोस्रो पुरस्कार राशी यसै क्षेत्रका सांसद एलपी साँबा लिम्बुबाट प्राप्त हुने समेत जानकारी दिनुभयो ।

कनकाई नगरपालिकाका ९ वटै वार्डबाट समेत १ लाख भन्दा वढी नगद सहयोग भएको प्रतियोगितामा पानीको लागि सेल्फी डाँडाबाट २० हजार बराबरको पानी उपलब्ध भएको छ । प्रतियोगितामा प्रदेश नम्बर एक भरका ८ टिमको सहभागिता रहेको छ । कनकाई भेट्रान क्लवको पहिलो संकरण आयोजकले जितेको थियो । पत्रकार सम्मेलनमा आयोजक समितिका पुर्व अध्यक्ष र सल्लाहकार समिति सदस्य, आयोजक समिति पदाधिकारी र सदस्यहरुकोृ उपस्थिति रहेको थियो । उदघाटन खेल आयोजक र बिर्तामोड भेट्रानबिच ९ गते खेल हुने छ kankaibata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार