बिर्तामोडको सहारा नेपाल सहकारी नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी संस्था

0
SHARES
87
VIEWS

बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुँजी, सदस्य संख्या, सदस्य संरक्षण र समुदायतर्फको चासो लगायतको हिसाबले नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी संस्था भएको छ ।

आज संस्थाको मुख्य कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले सहारा मुलुककै पहिलो र उत्कृष्ट संस्था भएको बताउनुभएको हो ।

२६ औँ वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गिरीले सहारा नेपाल साकोसले आर्थिक वर्ष २०७८÷०७९ मा ४९ करोड ७७ लाख रुपैयाँ नाफा गरेको जानकारी दिनुभएको हो ा यसबाट सदस्यलाई लाभांश र संरक्षित पु“जी फिर्ता कोषबाट ३० करोड १५ लाख वितरण गरिनेछ ।

संस्थाले आफ्नो वित्तीय अवस्थालाई अझ मजबुत बनाउने सोचअुनुरुप मिसन–०८८ सम्मको रणनीतिक योजना निर्माण गर्दै एक खर्ब रुपैयाँको वासलात बनाउने लक्ष्य तय गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

असार मसान्तसम्म संस्थाको ७९ वटा सेवा केन्द्रमा १ लाख ५९ हजार ७७८ जना शेयर सदस्यहरु संस्थामा आबद्ध छन् ।

त्यस्तै, संस्थाको शेयर पु“जी १ अर्ब ६३ करोड १६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ११ करोड ११ लाख रुपैयाँको रहेको छ । ०७९ असार मसान्तसम्म संस्थाको वासलात १५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

अन्य कोष ४४ करोड ७१ लाख, बचत ९ अर्ब २५ करोड ३६ लाख, लगानीमा रहिरहेको ऋण १३ अर्ब, भौतिक सम्पत्ती ४१ करोड १६ लाख र बाह्य ऋण १ अर्ब ७२ करोड रहेको अध्यक्ष हरि राजबँसीले बताउनुभएकोछ ।

राजबँसीले विश्व बजारमा परेको आर्थिक मन्दी र नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव भइरहेको जटिल परिस्थितिमा पनि संस्थाले सहज ऋण लगानी र सदस्यहरुको बचतको पूर्ण सुरक्षा प्रदान गर्दै आएको बताउनुभयो ।

संस्थाले विगतका सदस्य केन्द्रित कार्यक्रमहरुलाई निरन्तरता दिँदै केही नया“ थप कार्यक्रमहरु विश्वस्तरमा सञ्जाल निर्माण गर्ने, रोजगार शाखा स्थापना गरी रोजगारी सिर्जनामा पहल, सामाजिक व्यवसाय सञ्चालन र अति विपन्न गरिबलाई माथि ल्याउन पहल जस्ता कार्यक्रम प्रस्ताव गरेको छ ।

संस्थाले यस वर्ष आन्तरिक व्यवस्थापन र गुणस्तरीय सेवालाई मजबुत बनाउने हिसाबले कार्यक्रम अघि सारिएको छ ।

संस्थाले प्रविधिमैत्री सेवालाई प्राथमिकता दिँदै एटिएम, ट्याबलेट, मोबाइल एप्स सेवा, क्युआर कोड र एसएमएस बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको छ ।

संस्थालाई अझै बलियो बनाउन यस वर्ष पनि एकीकरण प्रक्रियालाई निरन्तरता दिइने तयारी गरेको छ ।

संस्थाले चालु आर्थिक वर्षभित्र ८९ सेवा केन्द्र, १ लाख ७५ हजार सदस्य र १७ अर्बको वासालात बनाउ“दै ६२ करोड नाफा कमाउने प्रक्षेपण गरेको छ ।

संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा महिला उपाध्यक्ष पवित्रा सुब्बाले स्वागत गर्नूभएकोथियोjhaponlinebata

संस्थाका उपनिर्देशक दिनेशबहादुर निरौलाले सञ्चालन गरेको कार्यक्रममा सहारा शिक्षा सदनका विद्यार्थीहरुले प्रतिवेदन सार्वजनिक गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार