मिस तामाङ वर्ल्ड २०२२’ का लागि तयारी तिब्र…ग्रान्ड फिनाले सिलीगुढीमा

0
SHARES
10
VIEWS

‘मिस तामाङ वर्ल्ड २०२२’ का लागि तयारी तिब्र पारिएको छ । मिस तामाङ फाउण्डेशनले आयोजना गर्दै आएको ‘मिस तामाङ वर्ल्ड’ को २०२२ संस्करणको तयारी तिब्र परिएको हो । फाउण्डेशनले झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी ‘मिस तामाङ वर्ल्ड २०२२’ को तयारीका बारेमा जानकारी गराएको हो ।

फाउण्डेशनले ‘मिस तामाङ वर्ल्ड २०२२’ को ग्रान्ड फिनाले भारतको सिलीगुढीमा आगामी फेब्रअरी ११ तारिख गर्ने जनाएको छ । विश्वका कुनैपनि देशका तामाङ युवतीहरुले सहभागीता जनाउन सक्ने मिस तामाङ वर्ल्डमा नेपाल, भारत, अस्ट्रेलिया, अमेरिका र जापनमा बसोबास गरिरहेका तामाङ युवतीहरुले समेत सहभागीता जनाउने गरिको तयारी भईरहेको आयोजक संस्थाले जनाएको छ । मिस तामाङ वर्ल्डका लागि १६ बर्ष पूरा भएका, अविवाहित र कक्षा १२ पास गरेका युवतीहरु हुनुपर्नेछ । प्रतियोगितामा सहभागिताकालागि हाल फारम खुल्ला रहेको छ । आगामी पुष १५ सम्म अनलाईन मार्फत फारम भर्न सकिने आयोजकले बताएको छ ।

भारतको सिक्किम, सिलीगुडी र नेपालको काठमाडौंमा प्रत्यक्ष अडिशन हुने र अन्य स्थानमा भर्चुअल माध्यमबाट अडिशन गरिने फाउण्डेशन अध्यक्ष मिलन मोक्तानले जानकारी दिनुभयो । अडिशनबाट छनौट भएका प्रतियोगीहरुलाई नेपालमा बिभिन्न स्थानमा २० दिन र भारतमा १० दिन प्रशिक्षण दिइनेछ । ‘मिस तामाङ वर्ल्ड २०२२’की विजेताले नगद १० लाख रुपैयाँसहित ताज र बिभिन्न पुरस्कार पाउने जनाइएको छ । अलग–अलग ७ वटा बिधामा छनौट हुने प्रतियोगिहरुलाई पनि पुरस्कार प्रदान गरिनेछ । यस पटक प्रतियोगितामा सहभागी जनाउन कुनैपनि किसिमको शुल्क नलाग्ने बताईएको छ ।

फाउण्डेशनका अध्यक्ष मिलन मोक्तानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रदेश नं. १ का सांसद गोपाल तामाङ, रोङ गाउँपालिकाका अध्यक्ष सुवास स्याङ्वो तामाङ, ‘मिस तामाङ वर्ल्ड २०२१’ (पहिलो सिजन)की बिजेता साङ डोमा तामाङ लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो । भारत सिक्किमकी साङ डोमाले आफुले मिस तामाङ वर्ल्ड भएपछि आफ्नो धर्मसंस्कृति, भाषा, भेषभूषा, पहिचानका लागि ‘एक घर एक डम्फू’ अभियान सञ्चालन गरिरहेको बताउनुभयो । डम्फु र टुङनालाई विश्वभर चिनाउने उदेश्यले अभियानको शुरुवात गरेको उहाँको भनाई थियो ।

फाउण्डेशनका महासचिव केवल तामाङले स्वागत गरेको कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष सुरेन्द्र मोक्तान, फाउण्डेशनका कोषाध्यक्ष अदिप तामाङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तिलक योञ्जनले गर्नुभएको थियो । कार्यक्रममा सांसद तामाङ, रोङ गाउँपालिकाका अध्यक्ष स्याङ्वो र संगित साधक कृष्ण योञ्जनलाई बधाई तथा शुभकामना स्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।

यसअघि भारतमा समेत पत्रकार सम्मेलनको आयोजना गरि फाउण्डेशनले प्रतियोगिताको जानकारी गराएको थियो । ‘मिस तामाङ वर्ल्ड २०२२’को अनलाईन फारम भर्न र थप जानकारी www.misstamangworld.com मा गएर हेर्न सकिन्छkhabarkheti

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार